रारा विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

मुगु ,१० चैत ।
लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएका मुगुवासीका लागि सुखद खबर आएको छ। रारा विमानस्थल (ताल्चा) मा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।

नेपालगञ्जबाट हप्तामा चार पटक,आइतबार, मङ्गलवार, बिहीबार र शुक्रबार—रारा विमानस्थल (ताल्चा) उडान हुने व्यवस्था मिलाइएको छ। साथै, बिहीबारकै दिन सुर्खेतबाट पनि रारा, विमानस्थल (ताल्चा) उडान हुने नेपाल एयरलाइन्सका स्टेशन इन्चार्ज नवीनकुमार विष्टले जानकारी दिनुभयो ।

नियमित उडान सुरु भएसँगै विशेष गरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। आपतकालीन स्वास्थ्य सेवाका लागि समयमै जहाज नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था समेत दोहोरिँदै आएको थियो।

त्यसैगरी, विश्वकै प्रसिद्ध गन्तव्यका रूपमा परिचित रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो सेवा महत्वपूर्ण मानिएको छ। सहज हवाई सेवाको पहुँचले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

दुर्गम भेगका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको अभाव, महँगो भाडा र अनिश्चित सेवाको पीडालाई मध्यनजर गर्दै यो पहल गरिएको  सामाजिक अभियन्ता अनिल बानियाले जानकारी दिनुभयो ।

स्थानीय सरोकारवालाहरूले नियमितता कायम राख्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 

 

 

रारा विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

बड्घर–चौकीदारलाई साईकल वितरण

रारा विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

सम्पादकीय : सडक सुरक्षामा गम्भीर वन !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds