डिएसपी खतिवडाका दर्जनौं कर्तुत खुलासा

दुर्गा विसी/सल्लीबजार, २० भदौं ।
सल्यान जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा सरुवा हुँदै गर्दा विवादित बनेका छन् । केही पक्षका व्यक्तिले जिल्ला वस्दा खतिवडाले निकै अवल काम गरेको भनिएता पनि सत्तारूढ दल नेकपाले भने उनी राजनीतिक खोल वढेको आरोप लगाएको छ । नेकपा पश्चिम सल्यानले भने आफ्ना कार्यकर्ता सुनियोजित रुपमा खतिवडाले फसाएको आरोप समेत लगायो ।

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का तुलसी रानासहित २ जनालाई योजनागत रुपमा फसाएको तर तेहि प्रकृतिको वडा नं. ५ का सविन रानाको जवरजस्ती करणीको मुद्दा दर्ता नगरी फर्काएकोले डिएसपी खतिवडाप्रति शंका बढेको वडा नं. ५ का वडा अध्यक्ष कमल विकको भनाई छ ।

त्रिवेणि गाउँपालिमा पनि ४ नं वडा अध्यक्ष रंगे हात एक स्थानीय महिलासँग अनैतिक कार्य गर्दै गरेको समयमा स्थानीयले फेला पारी प्रहरीलाई जिम्मा लगाए पनि त्यसको व्यवास्था गरेको स्थानीयको भनाई छ । अर्कोतर्फ डिएसपी खतिवडाले जिल्ला भित्र पार्टीगत इगोका रुपमा काम गरिरहेको अन्य स्थानीय तहबाट समेत त्यो गुनासो आएको छ ।

बाहिर राजनीति रंगको दाग लागेको छ भने जिल्ला प्रहरी कार्यालय भित्र खतिवडाले नितिगत अन्यायगत वदमासी समेत गरेको स्रोतको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा बन्दै गरेको नयाँ भवनको तेस्रो तलामा १ नम्बरी इट्टा प्रयोगमा २ नं इट्टा प्रयोग भएको, क्रेसरको वालुवा गिट्टीको सट्टा शारदा नदिको वालुवा गिट्टी प्रयोग गरेको, ठेकेदारसँगको मिलोमतोमा भवन निर्माण कार्यमा स्टेमेट बेगर काम भएको कुरा बाहिर आएको छ ।

वालविवाह रोकथाम स्टेकरको लागि मोवाइल गाडी प्रयोगका निम्ति भनेर स्थानीय तहबाट रकम लिएको तर गाडी प्रयोग नभएको, क्वारेन्टाइन,आइसुलेसनमा खटिएका सुरक्षाकर्मीको भत्तामा समेत वदमासि गरेको, लकडाउन समयमा आवतजावतमा आफु अनुकुलका भनसुन तथा पहुँचवालाका गाडीहरु छाड्ने गरेको आरोप छ ।

प्रहरी विदा आफु निकटका प्रहरी जवान दिपक पौडेल र प्रदीप खड्कालाई ३२ दिन विदा मिलाएको तर १ दिन ढिलाई भएकोमा लिलाभक्त वादे र जनक भण्डारीलाई नैसियत कारवाहि गरेको, त्यसैगरी साथीको वाइक प्रयोग गरेको भन्दै शंकाको भरमा २ जनाको ५÷५ ग्रेट खाएको तर वा १२७५ प ११५९ नम्बरको सेतो रङ्गको आरटिआर चोरीको वाइक प्रयोग गरेको प्रहरी जवान शन्तोष अधिकारीलाई कारवाहि नगरी उन्मुक्ति दिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी स्रोतको भनाई रहेको छ ।

उक्त वाइक हाल नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको छ । प्रहरी युनिट भित्र पनि व्यक्ति हेरि कारवाहि गर्ने गरेको पिडित प्रहरीकै भनाइ रहेको छ । खतिवडाको यस्ता घृणित कार्यप्रति नेकपा बनगाड कुपिण्डे नगरपालिकाले विज्ञप्ति सार्वजनिक गरेको जनाएको छ ।  ढकेन्द्र खतिवडाका यस्ता थुप्रै काण्डहरु छानिविन गर्न जोडदार माग गरिएको छ । तर खतिवडाले आफुमा लगाएका यी सबै कुरा मिथ्या भएको जनाए ।

नेकपा जिल्ला पार्टी अध्यक्ष गोविन्द कुमार पुनले पनि गाउँ गाउँ पुगि नेकपा कार्यकर्ता मात्रै खोज्न लगाइ मुद्दा दायर गर्ने गरेको दावि गर्नुभएको छ । खतिवडालाई अन्य स्थानीय तहका जनप्रतिनिधिसँगै प्रदेश संसद र संघीय संसदहरुले नीति र विधिमा टेकेर शान्ति सुरक्षा कायम गर्नुहोस् भन्दा पनि अटेरीपना देखाएको पुनको दावि छ । खतिवडाका जिल्ला वस्दा भए गरेका सम्पूर्ण क्रियाकलापको छानवीन हुनुपर्ने समेत उहाँले आवज उठाउनु भएको छ ।

तपाईको प्रतिक्रिया