सुर्खेत जिल्ला अदालतका सेवा बन्द

सुर्खेत, १८ भदौ ।
कर्मचारीलाई कोरोना संक्रमण भएपछि सुर्खेत जिल्ला अदालतले सम्पूर्ण सेवा बन्द गरेको छ । मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । म्याद थप र पक्राउ पुर्जी जारी बाहेकका सबै सेवाहरु बन्द गरिएको अदालतका श्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

श्र्रेस्तेदार बाँस्कोटाका अनुसार भदौ १४ गते मात्रै ती कर्मचारीको स्वाव संकलन गरिएको थियो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरेर अन्य कर्मचारीहरुको स्वाव संकलनको काम भैरहेको बाँस्कोटाले बताए । स्वाब संकलन गरिएका सम्पूर्ण कर्मचारीहरुको रिर्पोट आएपछि मात्रै सेवा सुरु गरिने श्र्रेस्तेदार बाँस्कोटाको भनाइ छ ।

सुर्खेत जिल्ला अदालतका सेवा बन्द

सुर्खेतमा सिजन सकियो, मल पाइहाले पनि काम

सुर्खेत जिल्ला अदालतका सेवा बन्द

सामान ओसार्न तुइनकै भर !

Leave a comment

Your email address will not be published. Required fields are marked *