कांग्रेस सभापति थापा सुर्खेतमा

सुर्खेत, १४ फागुन ।

आसन्न २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावीसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन थापा सुर्खेत आउने भएका छन् । बिहिबार (भोेली) कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न थापा सुर्खेत आउन लागेका हुन ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले आफ्‌नो निर्वाचन क्षेत्र सर्लाही–४ पछि पहिलो पटक हुन लागेको चुनावीसभालाई सम्बोधन गर्नेछन् । पपुलिष्ट राजनीतिक लहरले निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही झरेका थापा पछिल्लो समय निर्वाचन क्षेत्र केन्द्रित बनिरहेका छन् ।

सर्लाहीपछि सुर्खेतमा कांग्रेसले आयोजना गर्न लागेको यो ठुलो चुनावीसभा हो । पराजित हुने डरले दलका शिर्ष नेताहरु निर्वाचन क्षेत्र केन्द्रित बनिरहेका छन् । सुर्खेत निवर्तमान कार्यबहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो । थापाको विद्रोहले विशेष महाधिवेशन सफल भएपछि खड्का अहिले वैधानिकताको कानुनी लडार्इँमा छन् । विशेष महाधिवेशनको किचलोपछि ब्याक भएका खड्का अहिले मौन छन् ।

कांग्रेस सभापति थापा सुर्खेतमा

निर्वाचन ६ दिन बाँकी :  प्रचारप्रसारमा अवरोध

कांग्रेस सभापति थापा सुर्खेतमा

शर्मा सांसद पदबाट निस्कासित

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds