कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

सुर्खेत ,१२ फाल्गुन ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पु¥याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए ।

जिल्ला सदरमुकामबाट मतदान स्थलहरूसम्म निर्वाचन सामाग्री पु¥याउने काम भइरहेको उनले बताए । निर्वाचनका लागि प्रदेशभर ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरी गरी १५ हजार ३२२ सुरक्षाकर्मीहरु खटिएका छन् ।

कर्णालीमा रहेका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षामा नेपाली सेना खटिएको छ ।

हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदान स्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदान पश्चात् मतपत्र संकलनको काममा हेलिकप्टर परिचालन गरिने उनले बताए ।

नेपाली सेनाले नियमित गस्ती गर्ने काम गरिरहेको र भौगोलिक रूपमा विकट स्थानमा रहेका र सडक सञ्जाल नपुगेका ठाउँमा घोडाको प्रयोग गरिएको छ ।

१० लाख ३७ हजार २५० जना मतदाता रहेको कर्णालीमा नौ सय ४१ मतदान स्थलमा एक हजार चार सय ३७ मतदान केन्द्रहरू रहेका छन् ।

कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

घर–घरमै मतदाता शिक्षा अभियान : नरैनापुरमा बदर

कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

भोट माग्न व्यस्त शंकर पोखरेल : विकासको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds