ईभी गाडी दुर्घटनाका गम्भीर घाइते राेकाया लाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ रिफर

काली बहादुर परियार
जुम्ला ,७ फाल्गुन ।
जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा गाडी दुर्घटना बाट गम्भीर घाइते भएका एक जना लाई उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरिएको छ । दुर्घटना बाट गम्भीर घाइते हिमा २ का निर्वाचन धमेन्द्र राेकाया लाई हेलिकप्टर मार्फत उद्वार गरिएको हाे ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार सम्भव नभए पछि राेकाया लाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी शालिकराम खनालले जानकारी दिए । बिहीबार दिउँसो १२ बजे ईभी गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका थिए ।
जुम्ला बजार बाट नाग्मा तर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको ईभी गाडी क , प्र ०२-००१ त ०१९० नम्बरको ट्याक्टरमा ठाेकिदा सडकबाट अन्दाजी ३०–४० मिटर तल बारीमा खस्दा ३ निर्वाचन प्रहरी सहित ७ जना घाइते भएका थिए । सबैकाे अवस्था सामान्य रहेकाले जुम्लामै उपचार भइरहेकाे छ ।





