स्याउ र ओखरका बिरुवा वितरण

हुम्ला ,५ फाल्गुन ।
हुम्ला जिल्ला कृषि विकास कार्यालयले वागवानी केन्द्रबाट ३३० थान ओखर र ५०० थान स्याउका बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको छ ।
एक बोट ओखरका बिरुवालाई रु ५५० र एक बोट स्याउको बिरुवालाई रु ३३० मा बिक्री गरिएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले जानकारी दिए । खार्पुनाथ, सर्केगाड र सिमकोट गाउँपालिका किसानहरुलाई स्याउ तथा ओखरका बिरुवा वितरण गरिएकोसमेत कृषि विकास कार्यालय प्रमुख पन्तले बताए ।





