बाँकेमा मनोनयन दर्ता सुरु

बाँके,६ माघ।
बाँकेमा मनोनयन दर्ता सुरु भएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा मनोनयन दर्ता सुरु भएको मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले बताउनुभयो
क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय अगैयास्थित राप्तीसोनारी गाउँपालिका, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्र र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिमा स्थापना गरिएको छ ।
सबै निर्वाचन क्षेत्रमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ । सबै दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।






