प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौं, ६ माघ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । दार्चुला, शैल्यशिखर नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ८ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा ब्राखा पालनको लागि दिएको अनुदान रकम भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेलाई जानकारी दिए । उनका अनुसार नगरपालिका–९ स्थित नागार्जुन दानेश्वर आधुनिका ब्राखा पालन उपभोक्ता समितिबीच नागार्जुन दानेश्वर आधुनिक वाख्रा फार्म निर्माणमा भ्रष्टाचार गरेका हुन् ।
उनीहरूले २३ लाख ७५ हजार रूपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, लेखापाल घनश्याम जोशी, इन्जिनियर राजेन्द्र सिंह धामी, सव इन्जिनियर मदन विष्ट अम्बिका विष्टविरूद्ध मुद्दा चलाएको हो ।
त्यस्तै, ब्राखा पालन उपभोक्ता समितिका अध्यक्ष रूपेश विष्ट, सचिव प्रकाश विष्ट, कोषाध्यक्ष पुजा बिष्टविरूद्ध मुद्दा चलाइएको हो । अख्तियारले तत्कालिन तीन इन्जिनियरविरूद्ध ११ लाख र बाँकीलाई २३ लाख ७५ हजार रूपैयाँ विगो कायम गर्दै माग मुद्दा दर्ता गरेको हो ।






