जुम्लामा मनोनयन समय तालिका तय

गोल्डेन  बुढा

जुम्ला ,४ माघ।
जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सभ्य, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको छ। माघ ६ गते हुने मनोनयन दर्तालाई व्यवस्थापन गर्ने विषयमा केन्द्रित बैठकले छ वटा महत्वपूर्ण निर्णय गरेको छ।मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मनोनयन दर्तादेखि मतदानसम्म मर्यादित बनाउने विषयमा विस्तृत छलफल गर्दै उम्मेदवारी दर्ताको समयतालिका निर्धारणलाई प्राथमिकतामा राखेको हो। मनोनयन दर्ताका क्रममा अत्यधिक भिडभाड हुने सम्भावनालाई मध्यनजर गर्दै सहज र कम भीडमा प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।निर्णयअनुसार नेकपा एमालेका लागि दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म, नेपाली काँग्रेसका लागि ४ बजेदेखि ४:३० बजेसम्म समय तोकिएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीलाई दिउँसो १ बजेदेखि १:३० बजेसम्म, राष्ट्रिय स्वतन्त्र पार्टीलाई २ बजेदेखि २:३० बजेसम्म र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई १:३० बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।नेकपा माओवादी केन्द्रका लागि १२ बजेदेखि १२:३० बजेसम्म र नेपाल मजदुर किसान पार्टीका लागि १२:३० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ। अन्य स्वतन्त्र उम्मेदवारहरूका लागि बिहान १० बजेदेखि १२ बजेसम्म तथा दिउँसो ४:३० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ।

बैठकले मनोनयन दर्ताका क्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०६२ अनुसार आवश्यक सम्पूर्ण कागजात अनिवार्य रूपमा साथमा ल्याउने निर्णय गरेको छ। उम्मेदवारले अनुसूची–५ अनुसारको मनोनयन पत्र, अनुसूची–६ अनुसारको स्वघोषणा, आवश्यक व्यक्तिगत विवरण, सम्पत्ति विवरण (खामबन्दी), नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण, दलबाट प्रदान गरिएको आधिकारिक मनोनयन पत्र तथा १० हजार रुपैयाँ नगद धरौटी बुझाउनुपर्नेछ।मनोनयन दर्ताका दिन उम्मेदवार, प्रस्तावक र समर्थक गरी जम्मा तीन जनालाई मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको गेटबाट प्रवेश दिने निर्णय गरिएको छ। साथै, मतदाता नामावलीमा नाम दर्ता भएको निस्सा माघ ५ गतेभित्र उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत बुझ्ने व्यवस्था मिलाइएको छ।बैठकले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ अक्षरशः पालना गर्ने, निर्वाचनलाई धाँधलीरहित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग, समन्वय र योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

 

जुम्लामा मनोनयन समय तालिका तय

क्यान्सर राेगबाट ग्रसित प्रसान्त रकम अभावमा उपचार

Leave a comment

Your email address will not be published. Required fields are marked *