भूकम्प सुरक्षा दिवसका अवसरमा वीरेन्द्रनगरका विद्यालयमा आपतकालीन सामग्री वितरण

सुर्खेत ,२ माघ।

२८औँ भूकम्प सुरक्षा दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर–२०) परियोजना अन्तर्गत नगरभित्रका विद्यालयहरूमा आपतकालीन सामग्री वितरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपि, युनिसेफ, युएनयुमन र ह्याण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोग तथा सुन्दर नेपाल संस्था सुर्खेत र सोसेक नेपालको स्थानीय सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।


वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका विद्यालयहरूलाई प्राकृतिक विपद्, आगलागी तथा स्वास्थ्य संकटजस्ता आपतकालीन अवस्थाबाट सुरक्षित राख्न पूर्वतयारी र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (युएसडीआरआर–एसएस) अन्तर्गत बृहत विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका ३० वटा विद्यालयका शिक्षकहरूलाई लक्षित गरी बृहत विद्यालय सुरक्षा कार्यान्वयनका लागि स्रोत व्यक्ति सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो।

उक्त तालिमपछि अति आवश्यकताको आधारमा छनोट गरिएका १० वटा विद्यालयलाई आपतकालीन तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीमा स्ट्रेचर, प्राथमिक उपचार (फर्स्ट एड) किट, फायर एक्स्टिङ्गुइशर, फलामे बाल्टिन, नायलन डोरी, बेल्चा, गैंतीलगायतका आपतकालीन सामग्री समावेश छन्। यी सामग्रीले विद्यालयको विपद् पूर्वतयारी तथा तत्कालीन प्रतिक्रिया क्षमतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
पहिलो चरणमा पुस ३० गते श्री शिव माध्यमिक विद्यालय, धुलियाबिट तथा श्री हस्तबिर आधारभूत विद्यालय, चनौटमा सामग्री हस्तान्तरण गरिएको थियो। त्यसैगरी माघ २ गते सिद्ध बहिरा बालकको माध्यमिक विद्यालय, खजुरा र श्री नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय, गाग्रेतालमा सामग्री हस्तान्तरण गरिएको छ। यस क्रममा आगो निभाउने यन्त्र (फायर एक्स्टिङ्गुइशर) प्रयोग गरी आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्याससमेत गराइएको थियो। बाँकी रहेका ६ वटा विद्यालयमा विद्यालय खुलेपछि माघ ६ गतेदेखि चरणबद्ध रूपमा सामग्री हस्तान्तरण गरिने जनाइएको छ।


सामग्री हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव धिरेन्द्र प्रसाद शर्मा, विपद् शाखाका यमलाल गिरी, परियोजनाका तर्फबाट ग्लोबल नेटवर्क अफ सिभिल सोसाइटी (GNCS) का कृष्ण चापागाईं, उषा बानियाँ, सुन्दर नेपाल संस्थाका टिम लिडर खिमबहादुर रेग्मी तथा सोसेक नेपालका उपाध्यक्ष कविराज रिजालको सहभागिता रहेको थियो।


यस कार्यक्रमले विद्यालयस्तरमै जोखिम न्यूनीकरण, सुरक्षित सिकाइ वातावरण निर्माण तथा विपद् प्रतिकार्य प्रणालीलाई संस्थागत गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भूकम्प सुरक्षा दिवसका अवसरमा वीरेन्द्रनगरका विद्यालयमा आपतकालीन सामग्री वितरण

अस्वस्थ खानपान र जीवनशैलीले  कर्णालीमा बढ्दै नसर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *