घुयँत्राे: रुख कसको ? काँग्रेसको चुनावी कुस्ती—निर्वाचन आयोग रेफ्री!

केई दिन अब काँग्रेस र बुम बाेक्नेहरकाे रासाेबासाे निर्वाचन आयाेगाँ हुने भाे । काँग्रेस देउबा समूह हाम्राे चुनाउ चिन्ह अरुलाई दिन पाईन्न भनेर आयाेगाँ धर्ना कस्ने भए भने थापा समूह चाइँ गाेडा चारेक दिन लाएर महाधिबेशन गर्ने अनि ४ तारे झण्डा अरुलाई दिने ? दिन पाईन्न भनेर निर्वाचन आयाेग कुर्ने काम हुने भाे । दुईटै टाेलि आयाेगाँ भेट भएछि कुस्ता कुस्ती पाे गर्ने हुन कि ! एक अर्काका शत्रु बन्या टिम सहनै नसक्ने गरि एकले अर्कालाई खसाल्न थाले भनेछि दुई पक्षाँ भिडन्त त हुन्यै त हाेला त! चुनाबाँ दर्खास्त दिने अन्तिम म्याद अर्थात उमेदवारी दर्ता गर्ने दिन आउन ४ दिन बाँकिछ । थापा र देउबा बिच रुख चिन्ह कल्ले पाउने हाे ठेगान छैन । दुबै पक्ष रुख आआफ्नो भनेर कुर्लि रा छन निर्बाचन आयाेगले के निर्णय दिने हाे था छैन । याैटाले चिन्ह पाएछि फेरि अर्कोले के चिन्न पाउने हाे पाटि दर्ता गरेर चिन्ह लिने समयनि त छैन हाेला । त्यसैले दर्ता भाकाे कुन दलकाे चिन्ह लेर चुनाब लडने हाे ? देशकाे सबभन्दा ठूलाे पाटि रे , चुनाबका मुखाँ आएर अनेक वितण्डा मच्चाएर पाटिलाई सडकछाप बनाउने अभ्यासले देशकाे याैटा ठूलाे पाटिलाई त सेलाए सेलाए । अब अर्काे ठूलाे पाटि एमालेलाई नि चुनाबाँ जनता हाताटै सेलाउने अबस्था ल्याए भने चाई याे जेनजीले केही करामत देखाउला ! हैनभने पुषकाे जाडाँ कामाण्डुवाँ मासुभात खाने पाटि फुटाउने हिन्नेबाहेक अरु उपलब्धि नहुने भाे । साँच्चै चुनाबाँ भागै लिने भएनि कैले जिल्ला जालान अनि कैले चुनाब प्रचारकाे चाँजोपाँजो मिलाउन चुनाब जित्लान र राजधानी आएर गगनलाई कैले प्रधानमन्त्री बनाउलान र हामी जनताले सुख पाम्ला । ऐले त अब जिल्ला जिल्लाँ जनताले चुनाउकाे काेसेलि के लेर आउ भनेर साेधे भने दुईटा काँग्रेस लेर आईम भन्ने त हाेलानि । काँग्रेस २ भागाँ चाेईटेर चुनाब लडन गएछि एकै ठाँ दुईटा उमेदवार हुने हाेलान । विशेष महाधिवेशन गरम्ला र सभापति हुम्ला अनि चुनाब लडन जाम्ला र प्रधानमन्त्री भै जाम्ला भनेर चुनावि खाका काेर्या बेलाँ झन याैटाट दुईटा काँग्रेस आईलागेछि झन के के पाे हुने हाे ।सबै भरविश्वाश त्यै निर्वाचन आयाेगकाे गर्नु पर्ने भएछि ” चाैटा खान गाकि बुढि झाेलाँ डुबेर मरिछ ” भन्ने पाे हुने हाे कि कल्लाई के था । बुढाले पाटि बिगारे अब युवाले पाटि सपार्छन भन्यात झन उल्टाे पाे भाे त । खास पाटि फुटाल्ने खेलाे युवाहरले गर्दा पाटि सुदृढ र नेता सुध्रिए त ? ! खै नेता सुध्रिने त कुरै नगरम् । बरु युवाले सपार्लानकि भन्याबेलाँ झन याे चुनाबकाे बेलाँ खाईमा लएर हाल्देछि अब काँट माथि उठने हाे । काँग्रेसीहरले भष्टाचार र बेथितिकाे मुखाँ लगेर देशलाई डुबाथे डुबाथे ।त्यसाँ नि ऐले त झन पाटिनै फुटाएर एकका दुई बनाएछि झन पाटिनि डुबाए । अब तिनले देश बनाउँछम् भन्या कुरा जनताले काँट पत्याउँछन । लाेकतन्त्रसित वाक्क भाका जनता अब गाेडा पाँचेक बर्ष वलितन्त्राँ रमाउने भाग्य प्यारैछन भन्ने बुझ्नु पर्ने भाे । भारताँ ५० बर्ष शासन चलाकाे काँग्रेसकाे हालत ऐले जस्ताेछ त्यस्तै हालत नेपाली काँग्रेसकाे नि हुनेभाे । आखिर छिमेकिकाे दुख्खाँ छिमेकिनै काम लाग्छ भन्ने बुझ्नु पर्ने भाे हैन र ? महाधिवेशनाँ कार्यकर्ताले लगाकाे ” गगन विश्व हाई हाई , देउबा प्रकाश (महत) बाईबाई ” भन्ने नारालाई अब जनताले चुनाबाँ ” नेपाली जनता हाईहाई , गगन विश्व बाई बाई ” भनेर फर्काउने त हाेलान ।यस्तै हाे कैले सासुकाे पालाे कैले बुहारीकाे पालाे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *