एनसेलको जेन–जी केन्द्रित ‘युवा सिम’ सार्वजनिक, रु. २९९ मा अनलिमिटेड कल र ५ जीबी डेटा

काठमाडौं, २७ पुस।
एनसेलले जेन–जी पुस्ताको सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ। विद्यार्थी तथा युवा वर्गलाई सुलभ शुल्कमा आधुनिक दूरसञ्चार सेवामा सहज पहुँच दिलाउने उद्देश्यका साथ ल्याइएको यो प्याक आज शनिबारदेखि सञ्चालनमा आएको हो।

एनसेलका अनुसार सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी ‘युवा सिम’ लिन सक्नेछन्। करसहित मात्र रु. २९९ पर्ने यस प्याकमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा, साथै अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध छ।
यसका अतिरिक्त, अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा पनि विशेष छुट दिइएको छ। ग्राहकले अन्य नेटवर्कमा प्रति मिनेट मात्र रु. १ मा कल गर्न सक्नेछन्। २८ दिनभित्र उपलब्ध ५ जीबी डेटा सकिएपछि पनि ग्राहकले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्ने सुविधा पाउने एनसेलले जनाएको छ।

युवा सिमको अर्को विशेषता सामाजिक सञ्जाल केन्द्रित डेटा प्याक हो। यस अन्तर्गत २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ मा उपलब्ध गराइएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ। यसले युवालाई सामाजिक सञ्जालमार्फत सधैं अपडेटेड रहन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको यो प्याक सार्वजनिक गर्न पाउँदा खुशी व्यक्त गर्दै भने, “आकर्षक सेवा सुविधा बन्डल रहेको ‘युवा सिम’ ले युवालाई सधैं कनेक्टेड राख्दै डिजिटल अवसर र भविष्यसँग जोड्छ। यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउनुका साथै शिक्षामा पनि सहयोग पुर्‍याउने विश्वास लिएका छौं।”
युवा सिम लिन इच्छुक प्रयोगकर्ताले नजिकको एनसेल सेन्टरमा गई नागरिकता वा ड्राइभिङ लाइसेन्स र विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ। नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको अवस्थामा अभिभावकको सरकारी परिचयपत्र तथा आफ्नै विद्यार्थी परिचयपत्र बुझाएर पनि सिम लिन सकिने व्यवस्था गरिएको छ।
एनसेलका अनुसार, यो प्याकले युवाले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्नेछ। सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्न चाहने ग्राहकले हरेक २८ दिनपछि समयसीमा समाप्त हुनु अघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्नुपर्नेछ। ‘युवा सिम’ एनसेल एपमार्फत वा *१२३# डायल गरेर पनि खरिद गर्न सकिने जनाइएको छ।

एनसेलको जेन–जी केन्द्रित ‘युवा सिम’ सार्वजनिक, रु. २९९ मा अनलिमिटेड कल र ५ जीबी डेटा

गायक प्रशान्त तामाङको निधन 

Leave a comment

Your email address will not be published. Required fields are marked *