शुभकालिका गाउँपालिका खेलकुद विकास समिति गठन, विनोद शाही अध्यक्षमा चयन
हस्त चाैलागाँई
कालिकोट ,२० पुस।
शुभकालिका गाउँपालिका खेलकुद विकास समिति गठन गरिएको छ। गाउँपालिका वडा नं. १ देखि ८ सम्मका वडाबाट पठाइएका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले सर्वसम्मत रूपमा समिति गठन गरेको हो।
शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले विनोद शाहीलाई गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
अध्यक्षमा चयनपछि शाहीले पालिका तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी गरिने बताउँदै आउँदो दशैं–तिहारको अवसरमा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्न पहल गरिने जानकारी दिए ।
स्थानीय युवा, युवती तथा बालबालिकालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यका साथ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता अध्यक्ष शाहीले बताए ।
खेलकुद बिकास समिति अध्यक्षः विनोद शाही सहित
उपाध्यक्षः कमल सुनार,सचिवः सत्य शाही,कोषाध्य हेमन्त अधिकारी सदस्यमा नरेन्द्र अधिकारी ,भुपेन्द्र अधिकारी, दुर्ग बहादुर शाही ,निराजन शाही ,गौरब बहादुर शाही ,नवराज शाही शिक्षक सदस्य मा सुमद बहादुर शाही रहेका छन् ।





