जुम्ला बजारमा सशस्त्र प्रहरीको सडक नाटक : लागू औषध र मदिरा विरुद्ध सशक्त सन्देश

काली बहादुर परियार
पुस १८,जुम्ला

सशस्त्र  प्रहरी बल, नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाले आफ्नो २५ औँ स्थापना दिवसलाई जनचेतनामूलक अभियानका रूपमा मनाउँदै जुम्ला बजारको कृष्ण मन्दिर नजिक सडक नाटक प्रदर्शन गरेको छ ।

भीडभाड हुने बजार क्षेत्रमा प्रस्तुत गरिएको उक्त नाटकले लागू औषध दुर्व्यसन र मदिरा सेवन बाट उत्पन्न हुने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्या बारे सशक्त सन्देश प्रवाह गरेको छ।

सडक नाटक मार्फत लागू औषध र मदिरा सेवन गरि हो–हल्ला नगर्ने, सभ्य र जिम्मेवार नागरिक बन्ने मूल भावलाई जीवन्त अभिनय मार्फत प्रस्तुत गरिएको थियो ।

नाटकमा युवायुवती लागू औषधको कुलतमा फसे पछि परिवारमा पर्ने असर, सामाजिक असुरक्षा, झगडा, हल्ला तथा अपराध तर्फ धकेलिने अवस्थालाई यथार्थपरक ढंगले देखाइएको थियो ।

साथै, मदिरा सेवन पछि हुने घरेलु हिंसा, सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई पनि उजागर गरिएको थियो ।

स्थानीय सर्वसाधारण, व्यापारी, विद्यार्थी तथा युवाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा दर्शकहरूले नाटकलाई चासोका साथ हेरेका थिए । छोटो समयमै प्रभावकारी सन्देश दिन सफल उक्त प्रस्तुतीले दर्शकहरूलाई आत्ममन्थन गर्न बाध्य बनाएको प्रतिक्रिया आएको छ।

सशस्त्र प्रहरी बलले स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी समाज रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

शान्ति सुरक्षा कायम गर्नुका साथै सामाजिक विकृति, विसंगति विरुद्ध जनचेतना फैलाउनु पनि आफ्नो दायित्व भएको सशस्त्र प्रहरीको भनाइ छ ।

स्थानीयवासीहरूले लागू औषध र मदिरा दुव्र्यसन जस्तो गम्भीर समस्या विरुद्ध सशस्त्र प्रहरीले सडक नाटक जस्ता सिर्जनात्मक माध्यम अपनाएकोमा प्रशंसा गरेका छन् ।

जुम्ला बजारमा सशस्त्र प्रहरीको सडक नाटक : लागू औषध र मदिरा विरुद्ध सशक्त सन्देश

सल्यान एमालेबाट प्रदेश अध्यक्ष गुलाबजंग शाह एकल

जुम्ला बजारमा सशस्त्र प्रहरीको सडक नाटक : लागू औषध र मदिरा विरुद्ध सशक्त सन्देश

थारु बस्तीमा माघी पर्वको तयारी सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *