नेपाली कांग्रेस जाजरकोटको १५ औँ जिल्ला अधिवेशन: सभापतिमा रत्नबहादुर खड्काको सशक्त उम्मेदवारी घोषणा

जाजरकोट ,११ पुस।

नेपाली कांग्रेस जाजरकोटको १५ औँ जिल्ला अधिवेशनलाई लक्षित गर्दै अनुभवी नेता रत्नबहादुर खड्काले जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। पार्टी संगठन, स्थानीय सरकार र जनप्रतिनिधिका रूपमा लामो अनुभव बटुल्नुभएका खड्का कांग्रेस जाजरकोटको सुदृढ नेतृत्वका रूपमा स्थापित नाम हो।
खड्का नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहनुभएको थियो भने १४ औँ महाधिवेशनपछि गठित जिल्ला कार्य समिति जाजरकोटको उपसभापति पदमा रहेर पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ।

संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र पार्टी अनुशासन कायम गर्न उहाँको योगदान उल्लेखनीय रहेको कांग्रेसजन बताउँछन्। साथै १३ औँ महाधिवेशनमा पनि उहाँ महाधिवेशन प्रतिनिधि र १४ औं महाधिवेशनमा जिल्ला कार्यसमितिको उपसभापतिको जिम्मेवारी पूरा गरिसक्नु भएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा छेडागाड नगरपालिकाको मेयर पदमा निर्वाचित खड्का विकास प्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको स्थानीयवासीको प्रतिक्रिया छ। विकास निर्माणमा पारदर्शिता, नागरिक सहभागिता र दीर्घकालीन योजनालाई प्राथमिकता दिनु उहाँको कार्यशैलीको विशेषता मानिन्छ।

उम्मेदवारी घोषणा गर्दै खड्काले नेपाली कांग्रेस जाजरकोटलाई एकताबद्ध, अनुशासित र जनउत्तरदायी पार्टीका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई साझा लक्ष्यमा केन्द्रित गर्ने उहाँको मुख्य उद्देश्य रहेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै बलियो संगठन, स्पष्ट नीति र जनविश्वास निर्माणका लागि आफू नेतृत्व लिन तयार रहेको बताउँदै खड्काले जिल्ला अधिवेशनमा सहभागी सबै प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकसँग सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ ।

नेपाली कांग्रेस जाजरकोटको १५ औँ जिल्ला अधिवेशन: सभापतिमा रत्नबहादुर खड्काको सशक्त उम्मेदवारी घोषणा

परिस्थितिले थिचे पनि नढलेकी आमा

Leave a comment

Your email address will not be published. Required fields are marked *