कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

दाङ, २४ मङ्सिर । 
घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकाई उत्पादन बिक्री गर्न सहज भएको छ । केन्द्र सञ्चालनमा आएपछि बजारीकरणमा निकै सहज भएको किसानको भनाइ । उपभोक्ताले पनि सस्तो मूल्यमा कृषिजन्य उपज उपभोग गर्न पाएको बताएका छन् ।
जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्रमै ल्याउन थालेको स्थानीय सरिता खड्काले बताए । उनी हरेक दिन बिहान केन्द्रमै तरकारी खरिद गर्न आउँछन । “बाहिर तरकारी महंगो पर्छ, तर यहाँ ताजा र सस्तो दुवै पाइन्छ,”, उनले भने, “कृषि उपज केन्द्रले हामी जस्ता उपभोक्ता र दुःख गर्ने कृषकलाई सजिलो बनाइ दिएको छ ।
घोराही उपमहानगरपालिका–२ रामपुरका  किसान अमर चौधरीले पनि अन्यत्रभन्दा केन्द्रमा सस्तोमा तरकारी पाइने बताउँछन । चौधरीले अहिले १० कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाहिरको मूल्यभन्दा केन्द्रमा ५/१० रुपैयाँ बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।
सिजनमा तरकारीले मूल्य पायो भने मासिक ३५ हजार रुपैयाँ बढी आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको उनले बताए । “आफूले फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु । ल्याएको जति सधँै बिक्री हुन्छ, कहिलेकाही मात्रै बच्ने गर्दछ”, चौधरीले भने ।
घोराही उपमहानगरपालिका–७ का सृजना चौधरी आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताए । धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उनी बताउँछन । कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उनको अनुभव रहेको छ ।
उपमहानगरपालिकाले सञ्चालन गरेको यस केन्द्रमा किसानले हरेक दिन १५ रुपैयाँ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा तरकारी बिक्रीका लागि राख्ने गर्छन् ।
घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकोमा अहिले भने सहज भएको बताउँछन ।
कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds