वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको त्याग, समर्पण आजका पुस्ताकोलागि प्रेरणाको स्रोतः मुख्यमन्त्री आचार्य

दाङ ,२२ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्रे संघर्षका योद्धा दिवंगत भेषराज ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने क्रममा देखाएको त्याग, समर्पण र अविचलित प्रतिबद्धता आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङ-देउखुरी जिल्ला कमिटीले सोमवार गढवा–६ हाँसिपुरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बाल्यकालदेखि नै कम्युनिस्ट विचारमा आस्था राखी अर्घाखाँचीमा नेतृत्वका साथ अघि बढ्नुभएका ढुंगानाको योगदान मुलुकमा आमूल परिवर्तनका लागि निर्णायक रहको स्मरण गर्नुभएको हो ।

ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रवृत्तिका विरुद्ध वर्रे संघर्षको नेतृत्व गर्नु नै उहाँको क्रान्तिकारी पहिचान भएको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभयो ।‘म पनि कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरणा पाएको स्रोत उहाँहरुको आदर्शबाटै हो । उहाँहरुको जीवनभरको त्याग र योगदान अद्वितीय छ’उहाँले भन्नुभयो–‘भौतिक रूपमा अब हामीमाझ नरहूनु भए पनि विचार बाचिरहन्छ । अधुरा कार्य पुरा गर्न सबै मिलेर अघि बढ्नु पर्दछ ।’
दिवंगत ढुंगानाका कान्छा भाई लिलामणी ढुंगानाले आफ्ना दाजु भेषराज ढुंगाको जीवनीमाथि प्रकाश पार्दै परिवारले भोगेको संघर्ष र उहाँका क्रान्तिकारी यात्राको विस्तृत जानकारी गराउनु भयो । उहाँका अनुसार ढुंगाना २००२ सालमा सन्धिखर्क–९ कुरमा जन्मनुभएको हो । किसान जीवनलाई आधार बनाएर लामो समयसम्म कठिन परिस्थितिमा संघर्ष गर्दै राजनीतिक चेतना र समाज परिवर्तनका लक्ष्य लिएर ढुंगाना अघि बढ्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङ–देउखुरीका जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण उपाध्यक्ष मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको त्याग, समर्पण आजका पुस्ताकोलागि प्रेरणाको स्रोतः मुख्यमन्त्री आचार्य

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण  आयोजनाले पूर्णता पाउँन

वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको त्याग, समर्पण आजका पुस्ताकोलागि प्रेरणाको स्रोतः मुख्यमन्त्री आचार्य

कनकासुन्दरीमा सृजनाकाे प्रगति सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds