स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

बाजुरा, १९ मङ्सिर । 

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन छन् । पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग नहुँदा जीर्ण भएका छन् । साथै दुवै भवन गोठमा परिणत भएका छन् ।

गाउँपालिकाले विद्यालय, वडा कार्यालय वा स्वास्थ्यचौकी सञ्चालन गर्न खोज्दा स्थानीयको विवादले भवन प्रयोगविहीन भएका गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले दुखेसो गरे ।  भवनले चर्चेका जग्गा शम्भुसुनन्दा माध्यमिक विद्यालयका नाममा छ । ती भवनमा स्थानीयले विद्यालय सार्न पनि मानेका छैनन् । गाउँपालिकाको तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवन प्रयोगविहीन भएको हो । यद्यपि अध्यक्ष रोकायाले भवन सञ्चालनका निम्ति सम्बद्ध सबैसँग छलफल भइरहेको बताएका छन् ।

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds