जुम्लामा ९ कैदी अझै फरार

गाेल्डेन बुढा,
जुम्ला,१९ मंसिर ।
गतभदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ९ जना अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार २७ जना फर्किसकेका छन्।
तीमध्ये ५ जनालाई प्रहरीले भागेको रातमै नियन्त्रणमा लिएको थियो।प्रहरीका अनुसार फरार कैदी खोजीकाे काम तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीले अहिले फेला परेका कैदीलाई नियन्त्रणमा लिने कार्य जारी रहेको बताए। उनकाे भनाइमा, कारागारमा एक नाबालकसहित ९८ कैदीबन्दी थिए। पाँच महिला कैदी भने कारागारमै बसेका थिए।रेग्मीले भने, “कैदीहरूले प्रहरी र नाइकेमाथि चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका हुन्।” उनकाे अनुसार अझै नभेटिएका कैदीबन्दीका आफन्तहरूसँग सम्पर्क स्थापित गरी फर्काउन सम्झाइबुझाइ गर्ने काम भइरहेको छ।





