‘एनसेल एप’को लोकप्रियता शिखरमा, १ करोड डाउनलोड पार गर्दै १० दिने उत्सव घोषणा

काठमाडौं ,१६ मंसिर ।
एनसेलका ग्राहकहरूबीच अत्यधिक लोकप्रिय रहेको ‘एनसेल एप’ले १ करोड डाउनलोडको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यससँगै एनसेल एप नेपालमा सबैभन्दा धेरै प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एकको रूपमा स्थापित भएको छ। ग्राहकको डिजिटल यात्रालाई सहज, छरितो र आधुनिक बनाउन उद्देश्यसहित तयार गरिएको यो एप अहिले भरपर्दो डिजिटल टुलको रूपमा झन् व्यापक रूपमा प्रयोग भइरहेकाे एनसेलले जनाएको छ।
एनसेल एपमार्फत ग्राहकहरूले अब विभिन्न सेवा पाउनका लागि कुनै कोड डायल गर्नुपर्दैन, वा एनसेल सेन्टर तथा आधिकारिक विक्रेतासम्म पुग्नुपर्ने झन्झट पनि हटेको छ। साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन–अफलाइन गेम तथा सेवा सक्रिय/निष्क्रिय जस्ता सबै सुविधा एउटै स्थानबाट लिन सकिने भएकाले यो एप डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको छ।
१ करोड डाउनलोड पुगेको खुसीयालीमा एनसेलले १० दिने उत्सव कार्यक्रमको घोषणा गरेको छ। यस अन्तरगत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न मिल्ने १० जीबी अल–टाइम डेटा निःशुल्क पाउनेछन्। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू तथा एपमार्फत कुनै पनि प्याक खरिद गर्ने प्रयोगकर्ताहरू १० जीबी डेटा जित्न योग्य हुने एनसेलले जनाएको छ।
“एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनुभएकोमा हामी अत्यन्तै खुसी छौँ। यसले हाम्रो एप ग्राहकहरूको दैनिक डिजिटल जीवनको अभिन्न हिस्सा बनिसकेको स्पष्ट देखिन्छ। ग्राहक अनुभवलाई उत्कृष्ट बनाउँदै एपले सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाएको छ,” एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिभन रोड्रिगेजले बताए। उनका अनुसार यसले सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याइरहेको छ।
एनसेल एप सहज प्रयोग, छिटो नेभिगेसन र उत्कृष्ट ग्राहक अनुभवलाई प्राथमिकतामा राखेर डिजाइन गरिएको छ। यसले सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू हेर्ने तथा मनपर्ने प्याकहरूको सूची तयार राख्ने सुविधा प्रदान गर्छ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ।
नेपालमै नभई विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि यो एप उपयोगी डिजिटल समाधान बनेको छ। रोमिङ प्रयोगको समयमा समेत सहज रिचार्ज, प्याक खरिद तथा एनसेल सिम संचालनमा सहयोग पुर्याउने भएकाले यसको प्रभावकारी उपयोग विदेशमा पनि बढ्दो छ।
ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत ‘एनसेल एप’ डाउनलोड वा अपडेट गर्न सक्नेछन्।






