किशोर किशोरीलाई यौन प्रजनन् शिक्षा

सुर्खेत, ३ मंसिर ।

वीरेन्द्रनगरमा किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यशाला गरिएको छ । सोमबार र मंगलबार सिफ्ट अवधारणा बारे अनुभव आदान प्रदान गर्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यशाला गरिएको हो ।

सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेत र सेभ द चिल्ड्रेनको साझेदारीमा भएको कार्यशालामा २० बढी किशोर तथा किशोरीहरुको सहभागिता थियो । कार्यशालाको मुख्य उद्देश्य शिष्ट अभियानका लागि विभिन्न तथ्यहरका आधारमा अति पिछडिएको समुदायका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानका गतिविधिहरुको पहिचान, कार्यक्रम कार्यान्वयनको लागि संयन्त्र निर्माण प्रक्रिया तथा विधिबारे जानकारी गराउनु रहेको सेभ द चिल्ड्रेनका सञ्चार अधिकृत दुर्गा तिवारीले बताए ।

उनका अनुसार जुम्ला, कालीकोट, दैलेख र जाजरकोट जिल्लाका चार स्थानीय तहका  किशोर तथा किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । छलफलका क्रममा पाठ्यक्रम तथा समुदायमा आधारित र चलनचल्तीमा रहेको प्रजनन् स्वास्थ्य बारे बृहत छलफल गरिएको थियो ।

त्यस्तै, छलफलका क्रममा किशोरीहरुले रुढीवादी परम्पराका रुपमा बालविवाह गर्नुपर्ने बाध्यता रहेको बताएका थिए । पछिल्लो समय अभिभावक शिक्षा, समुदाय सचेतना कार्यक्रम र स्थानीय तहले पनि प्रजनन् स्वास्थ्य सम्बन्धि विभिन्न प्रोत्साहनका कार्यक्रम राखेको कालीकोटकी किशोरी भद्रकला विश्वकर्माले बताइन ।

उनले टोलस्तरमा प्रजनन् स्वास्थ्य बारे अझै पनि अनविज्ञ रहेको जसले गर्दा स्वास्थ्यमा समस्या पर्ने गरेको सुनाइन । यस्तै, यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा रहेका विद्यमान समस्या पहिचान गर्न कार्याशालामार्फत सक्षम भएको कालीकोटकै छत्र रोकामगरले बताए । सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेतका कार्यकारी निर्देशक घनश्याम केसीले किशोर तथा किशोरीहरुलाई यौन तथा प्रजनन्  शिक्षाका बारेमा सचेतना फैलाउने गरेको बताए ।

किशोर किशोरीलाई यौन प्रजनन् शिक्षा

पाँचवटा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिने

किशोर किशोरीलाई यौन प्रजनन् शिक्षा

बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’

Leave a comment

Your email address will not be published. Required fields are marked *