बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौँः अध्यक्ष ढकाल

काठमाडौँ, २ मङ्सिर ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेकामा जोड दिए ।

“एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनामा लगानी नभएर बेवारिसे छन्‌”, उनले भने, “जसले गर्दा आयोजनाको लागत बढेको अवस्था छ । यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसका लागि लगानीको वातावरण तयार गर्नु पर्दछ ।”

यस्तै, उनले नियमनकारी निकायले पनि प्रभावकारी ढङ्गले काम नगर्दा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए । धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म काम प्रभावित भए भनेपछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढङ्गले काम हुन नसकेकाले यसमा सुधार हुनु जरुरी भएकाले यस्तो प्रवृत्तिले लगानीको वातावरणमा नै असरपर्ने अध्यक्ष ढकालको भनाई छ ।

धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनालाई आइपिओ निष्कासन गर्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै अध्यक्ष ढकालले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउनसमेत अर्थमन्त्रीसँग आग्रह गरे । उनले असल नियतका साथ जेनजी आन्दोलन भएको भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

उनले भने, “सुशासन, भ्रष्टाचारको, पारदर्शीताको कुरा निजी क्षेत्रको छाता सङ्गठन उद्योग वाणिज्य महासङ्घले गत साधारणसभामा पनि पारित गरेको थियो । जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो । तर आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ ।”

घुसपैठ गर्नेलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आमनागरिकको मनोबल खस्किँदै जाने भन्दै उनले सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने जिकिर गरे ।

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौँः अध्यक्ष ढकाल

पाँचवटा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds