तीन हप्तामा माग पूरा नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

जुम्ला, १२ साउन ।

डाक्टर गोविन्द केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तरतर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने र चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्दै आएका छन् ।

जुम्ला पुगेका डाक्टर केसीले यी मागहरु ३ हप्ताभित्र पूरा नभए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न अनुरोध गरेका छन् ।

यसअघि डा. केसीले २०७५ असार १५ देखि साउन ३ गतेसम्म विभिन्न माग गर्दैै अनशन बसेका थिए । उनलाई सरकारले हेलिकोप्टरबाट काठमाण्डौ ल्याइएको थियो ।

(उज्यालो अनलाइनबाट साभार)

तीन हप्तामा माग पूरा नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

एक सय २८ देशसँग व्यापार घाटा

तीन हप्तामा माग पूरा नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

कर्णाली प्रदेशमा आज भारी वर्षा हुने, सर्तक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds