घुयँत्राे:“प्रहरी महिला संघ : महिला प्रहरीका लागि कि महानिरीक्षककी श्रीमतीका लागि ?”

नेपाल प्रहरी महिला संघ कसरी, किन जन्मियाे र यसकाे अध्यक्ष किन प्रहरी प्रमुखकि श्रीमती मात्रै हुन्छिन र के संगठनमा सामान्य प्रहरीकि श्रीमती वा निवृत महिला प्रहरी सदस्य वा अध्यक्ष हुन नपाईने भन्ने बहस वास्तबमा बहुदल आएछि नै उठनु पर्ने हाे ।तर, देशमा प्रजातन्त्र पुनस्र्थापन भएकाे साढेतिनदशक वित्नै लाग्दा मात्र राधिका श्रेष्ठले सामाजिक सन्जालमा बहस छेडेकि छन । वास्तवमा महिला प्रहरी संघका बिषयमा धेरैनै पहिला बहस छेडिनु पर्ने हाे । किनभने पन्चायतकालमा जसरी दरवारका छाेरी आमा बुहारीहरुले बालसंगठन,रेडक्रस , परिवार नियाेजन, प्रसुति गृह,बालमन्दिर जस्ता संगठनहरु समातेर यीनै संस्थाका नामबाट सार्वजनिक हुन्थे र राजनीति गर्थे। यस्ता संगठनहरुमा सामान्य नागरिककाे सहभागिता नहाेस र ती संगठनका मनध्यमले राजनीति गर्न नपाउनु जसले पञ्चायती ब्यवस्थालाई कतैबाट आँच नआओस भन्नेमा उनिहरु सजग र चनाखाे थिए त्यसैले पन्चायतकालमा यी संस्थाहरु दरबारकाे पकडबाट बाहिर गएनन । त्यै देखेर पुलिसका हाकिम प्रहरी महानिरिक्षकलेनि व्यवस्थामा आँच आउन नदिन र आफ्नो श्रीमतिलाई सक्रिय बनाउन आँफैले प्रहरी महिला संघ र त्यसकाे अध्यक्षमाआफ्नाे श्रीमतीलाई मात्र राख्ने र ठूलाठूला सभा समाराेहमा श्रीमती सहित उपस्थित हुने र दरबारलाई रिझाई राख्ने कामका लागि याे संगठन खाेलिएकाेमा कुनै द्विविधा छैन । सम्भब त प्रहरी महानिरीक्षक डिविलामा हुँदानै प्रहरी महिला संघ खाेलिएकाे हुनु पर्छ र त्यै बेलादेखिनै महानिरिक्षका श्रीमतीहरु मञ्चमा आउन थालेका हुन । त्यसबेला देखिनै संस्थामा प्रजातान्त्रिक ताैर तरिकाले हैनकि पारिवारपक पदका रुपमा स्थापित भएकाे प्रहरी महिला संघ काे नेतृत्व अहिलेसम्म निरन्तर प्रहरी महानिरिक्षककाे श्रीमतिकै हातमा छ । देशमा बहुदल आएपछि हरेक संगठनमा नेतृत्व गर्न काँग्रेस कमिनिष्ट र माओवादिले लुछाचुड गरेका छन तर प्रहरी महिला संघकाे नेतृत्वमा भने ऐलेसम्म कहिँकतै बहस छेडपएकाे सुनिन्थेन । तर, यश पटक भने याे संस्थाकाे प्रतिनिधित्वबारे बहस थालिएकाेछ । र याे बहस पछि केही प्रहरी श्रीमतीहरु हामी किन त्यसका लागि याेग्य नहुने भनेर सार्वजनिक रुपमा बिचार ब्यक्त गर्न थालेकाछन । हेराैँ याे बहसले कत्तिको सार्थकता लिन्छ । ढिलै भएनि याे संस्थाकाे बारे कुरा उठाईए पछि अब याे संस्थाकाे प्रतिनिधित्वमा परिवर्तन ल्याउन यसका सराेकारवालाहरु लागि परेभने नेतृत्वमा परिवर्तन आउन सक्दछ । प्रजातान्त्रिक परिपाटीमा त्यसका सराेकारवालालाई नेतृत्वतहमा नेतृत्वनै गर्न नदिने कल्पना समेत गर्न सकिँदैन । उसकाे याेग्यता र क्षमताले भ्याएसम्म सबै पदमा प्रतिष्पर्धा गर्न सकिन्छ । त्यसैले अब महिला प्रहरी संघमा पनि याैटा सिपाहिकाे श्रीमतिदेखि प्रहरी महानिरिक्षककाे श्रीमतीले समेत प्रहरी महिला संघमा नेतृत्व गर्ने ब्यवस्था हुनु पर्छ र यसका लागि सराेकारवाला सबैले आफ्नो एकता र आवाज बुलन्द गराउनु पर्छ । पदिय नाताले संस्थाकाे अध्यक्ष हुने परिपाटि अन्त्य हुनु पर्दछ । सराेकारवालामालचेतना भया !






