घुयँत्राे:“वलि गए, देउबा गए, प्रचण्ड गए… तर भष्टाचार भने अमर भयो !”

याे देशाँ जस्तासुकै सरकार आउन भष्टाचारीले भष्टाचार गर्न डराउन्नन । देशाँ ठूलै आतंक मच्चाएर वलिकाे सरकार अपदस्त गरि भष्टाचारीलाई कार्वाहि गर्न भनेर बनाकै सरकाराँ नि खुले आम भष्टाचारकाे सम्चार आएछि अब जेनजीकाे हाेसकि फेनजीकाे या वलि,देउबा,प्रचण्ड र अरुउद्दण्डका हुन भष्टाचार राेक्न कसैले नसक्ने भाे याे देशाँ । जब कर्मचारी नै निडर भएर भष्टाचार गर्छन त्याे मुलुलुकाँ सरकार र राजनीतिक प्रणालि परिवर्तन गरेर हैन कि भ्रषट कर्मचारी परिवर्तन गरेर मात्र भष्टाचारकाे अन्त्य गर्न सकिन्छ ।

भष्टाचारकाे मुख्खैमा बस्ने भन्या कर्मचारी हुन जब तिनलाई भष्टाचारविरुध्द कडा कानून ( आङै सिरिङ हुने) ल्याएर कारवाहि गरिदैन र एकले, अर्काले पाएकाे सजाय सुनेर डराएरै आँफुले जीवनमा त्यस्ताे कैल्यै नगर्ने जबसम्म प्रण गर्ने खालकाे अबस्थाकाे सृजना हुँदैन तबसम्म कर्मचारीहरु भष्टाचार गर्न छाेडदैनन । त्यसैले पनि कडा कानुनकाे परिकल्पना गरेर मात्र भष्टाचार अन्त्यगर्न सकिन्छ । भष्टाचारकाे विरुद्धमा आन्दोलन गर्ने जेनजी अनि त्यै जेनजीले देशाँ गराउन लाकाे निर्वाचनाँ सुरक्षाकाे लागि खटाउन लाकाे १ लाख ३४ हजार मा २० कम अर्थात पुगनपुग १ लाख ३४ हजार पुलिसलाई जुत्ता,माेजा,सट पाईन्ट,ह्याट डण्डा खरिद गर्दा करिब ४७कराेड रुपियाँकाे घाेटाला पुलिसका हाकिमहरुले गरे भन्ने सम्चार छ्याप्छ्याप्ति पत्रपत्रिकाँ आएछि याे जेन्जी सरकार नि यीनै जेनजीहरले भष्टाचारी भनेर फालेकाे वलि सरकार भन्दा कम्ता रैन्छ भन्ने कुरा जनताले छर्लङ्ग बुझ्न थाल्याछन । अनि याे घटनाले जेनजीकाे बेईजतभाे कि भएन त्याे त जेनजीका नेताहरलाईनै था हाेला हैन र? जुन सरकार भष्टाचार हुन दिन्न भनेर बहालिभाछ त्यै सरकार अनि त्यसाँनि सुरक्षा निकाय पुलिसले नै निर्वाचनकाे दाउ छाेपेर यै हाे माैका भाेलि के हाे कसाे हाे भनेर आँखाका गेडिनै निस्किने गरि दबाउन लाएछि खानै नपाउनेले त घटना बाईर ल्याउन्यै भाेनि ! बिचरा चुनाबाँ जाने पुलिसकै खर्चबाट कट्टिने गरि एकजनाट साढे तिनहजारका दरले हात मारेछि त्यति धेरै पुलिसकाे ड्रेसाट त लतक्कै पैशा आउने भैगाेनि ।हाकिमहरले गर्ननि आँटै गरेर याैटा सेटलाई ३ हजार पाँचसय पर्ने ठाँ तिन्टा कम्पनिका दलालसित मिलेर डबल मुल्याँ खरिद गर्या देखेछि पुलिस भित्रकै मान्छेहरलाई सहनै नसक्ने गरि त्यति धेरै मुल्याँ खरिद गर्या पाेसाककाे कुरा बाईर ल्याईदेछि ऐले पुलिस भित्रनिकै खेलाबैला मच्याछ । हुन पनि याे चुनाबका लागि टेण्डर गरेर खरिद गर्ने समयनै नभएछि सिधै बजारबाट सकेसम्मकाे सस्ताे खरिद गर्ने निहुमा डबलमूल्य साढे तीनहजारकाे साढेछहजाराँ खरिद गर्या भनेर बिल पेश गर्या सम्चार बाईरेछि ऐले प्रहरी प्रधान कार्यालयका हाकिमहरलाई चिट्चिट् पसिना आउन थाल्याछ । भष्टाचार विरुद्धकाे आन्दोलनका नाममा ती निर्जिव बस्तु घर र अफिसियल फायलाँ दनदनि आगाे लाउने जेनजीहरले अब यी पुलिसलाई के कार्वाहि गर्दारैछन जनता हेर्न चाहन्छन ।

याैटा ड्रेसाँ ३ हजार पाँचसयकाे विल बढाएर खाँदा नै याैटाका लागि त्यति धेरै नाेक्सानि नदेख्खेनि त्यति धेरै मान्छेलाई किन्दा त कमाउनेले त भतक्कै पाे कमाउने भाे त हैन र !? ल जेनजी साथिहरु वलिले भष्टाचार गर्याे गरायाे भनेर देशका सारा ऐतिहासिक धराेहर र न्यायपालिका जस्तो सबैलाई चाइने निकायदेखि रिस परेका नेताजति सबैका घर जलाका ती जेनजीहरु अब तपाईंहरकै सरकारका पुलिसका हाकिमहरलाई कस्ताे सजाय दिनु हुन्छ वा हुन्न जनता हेर्नलाई आतुर छन । कैलेबाट हाेत तपाईँहरकाे भष्टाचारविरुध्दकाे अभियान ? कित २ दिनकै आन्दोलनले थाक्नु भाे र अब मैदान छाेडेर भागीसक्नु भाे र उनै पुराना दलका भष्टाचारी र ठग नेताहरुका जिम्मा देशलाई छाेडेर आँफुहरु दुलाेभित्र छिर्नु भाे । संसद भबनलाई आगाेलाएर बाहिर आएर संसदकाे चुनाब गर्ने तपाईंहरकाे नीतिनै बुझिनसक्नु चरित्रकाेछ । तपाईंहरकै चुनाब गर्दा भष्टाचारकाे खेल त बाहिरियाे अब चुनाब पछि फेरि के खेल गर्नु हुने हाे त्याे हेरम्ला र ब्यहाेरम्ला हैत ! जेनजीकाे जयहाेस ।

घुयँत्राे:“वलि गए, देउबा गए, प्रचण्ड गए… तर भष्टाचार भने अमर भयो !”

हिउँदे वर्षाले काँचो इँटामा क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *