हिमा ३ काे जोगिबाडामा ६ कराेड लागतमा पक्की पुलकाे शिलान्यास

काली बहादुर परियार

जुम्ला ,१५ जेठ ।

हिमा गाउँपालिका -३ जोगिबाडामा पक्की पुलकाे शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत ६ करोड ३४ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलकाे बुधबार कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईकाे प्रमुख आतिथ्यमा शिलान्यास गरिएकाे हाे।

पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपक रावलका अनुसार पुल निर्माणको काम मल्ल कन्ट्रक्सन दैलेखले लिएकाे बताए । प्रारम्भिक अनुमानित लागत करिब ८ करोड रुपैयाँ भए पनि ठेक्का प्रक्रिया मार्फत कम लागतमा निर्माण सम्झौता गरिएको उनले जानकारी दिए ।

शिलान्यास कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाइले दुर्गम क्षेत्रका नागरिक लाई सडक र पुल मार्फत राज्य सँग जोड्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

उनले भने, विकासको पहिलो आधार पहुँच हो । नागरिक लाई सहज यातायात सँग जोड्न सके मात्रै शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सुधार ल्याउन सकिने बताए ।

स्थानीयका अनुसार वर्षायाममा हिमानदीमा पानीको बहाव बढ्दा आवतजावत अत्यन्त कठिन हुने गरेको थियो । उही पुरानै झुलुङ्गे पुलबाट आवतजावत गर्न बाध्य रहेका नागरिकका लागि सहज हुन भएको छ ।

कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको ४० मिटर लामो पुल विशेषगरी हिमा गाउँपालिका–१ र ३ का नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ ।

हिमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले पुल निर्माण लाई गाउँपालिकाको महत्वपूर्ण पूर्वाधार योजनाका रूपमा लिइएको बताइन् । निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीय सरकार पूर्ण रूपमा समन्वय र सहकार्यमा रहने उनको भनाइ छ।प्रदेश सरकार, स्थानीय तह र नागरिक बिच सहकार्य भयो भने विकासले गति लिने उनले भनिन् ।

हिमा गाउँपालिका–३ का वडाध्यक्ष धनबिर रोकायाले पुल निर्माण पछि बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँका नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । उनका अनुसार पुल बने पछि स्थानीय कृषकले उत्पादन गरेका वस्तु बजार सम्म पुर्‍याउन सहज हुनेछ भने विद्यार्थी, कर्मचारी र सर्वसाधारणको दैनिक यात्रा पनि सुरक्षित बन्ने उनकाे भनाइ छ ।

हिमा ३ काे जोगिबाडामा ६ कराेड लागतमा पक्की पुलकाे शिलान्यास

१६ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी सुर्खेतलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *