घुयँत्राे:“गाली कांग्रेसलाई, माया माओवादीलाई – कर्नालीमा यामलालको गठबन्धन योगासन!”

साँच्चै २१ गते चुनाब सक्केछि एमालेले कर्नालियाँ काँग्रेसशीत मिलेर सरकार नबनाउने त हाेला हैन । काँ चुनाबि प्रचार प्रसारका बेलाँ मुख्यमन्त्री यामलाल कँडेल जीले भविष्यलाई बाँकी नै नराख्ने गरि गालि गरे भन्छन । त्यसाे त यामलालजी काँग्रेस भनेझि पटक्कै निकाे मान्दैनन । उनकाे चाहना काँग्रेसशीत मिलेर सरकार चलाउन भन्दा माओवादिसितै मिलेर सरकार चलाउने भन्ने हाे तर वलिका कारण जबरजस्ती काँग्रेसशीत मिल्या हुन । आँफुले सँधैभरि दुस्मन देख्ने पाटिलाई साथाँलेर हिन्न यामलाल जीलाई याे ३ वर्षा सारै सकस भाे । खेलकुदका कुरा हुनकि बजेटका या हुन शिक्षाका ती सबैमा सँधैभरि बाझाबाझ गरेर कँडेल जीले सरकारलाई ह्याँसम्म ल्याउनुभाे । विकाश निर्माणमा १६ देखि २४ प्रतिसत रकम खर्च गरेर अत्यन्त सफल मुख्यमन्त्रीका रुपाँ एमालेभित्र लाेकप्रिय र सफल मुख्यन्त्रीका रुपाँ चर्चा पाएका याम लाल कँडेल चुनाबमा वलिले हारेभने स्वतह आफ्नै निर्णयमा काँग्रेसकाे साथ छाेडेर बाँकि २ बर्ष माओवादिसित गठबन्धन गरेर मुख्यमन्त्रीका रुपाँ विराजमान भै रहने छन भने वलिले चुनाब जिते भनेनि उनलाई फकाएर अब काँग्रेसकाे साथ नलिने र यस्ता अयाेग्य मान्छेलाई लिएर सरकारमा बसीरहँदा दलकै साख नरहने कुरामा वलिलाई कन्भिन्स गरेर भएनि अबकाे २ बर्ष आफ्नै जातभात र बर्ग मिल्ने माओवादिलाई साथमा लिएर भएनि कर्नालि सरकार चलाउने कुराँ शंका छैन । एक त चुनाबकाे सबैभन्दा नजउककाे शत्रु एमालेका लागि काँग्रेस नै हाे । चुनाबमा गर्नु परेकाे संघर्ष र मत परिणामले देखाउने नतिजालेनि एमालेकाे शत्रु भनेकाे काँग्रेस नै हाे । अँझ भएन भनेर काँग्रेसका सभापति गगन थापा त कैल्यै पनि एमालेसपतकाे गठबन्धनमा तयार छैनन । उनी हिजाे हाेस कि आज गठबन्धन गरेर वा मिलेर सरकार बनाउने पक्षमा छैनन । यसकारण पनि केन्द्रमा बन्ने नयाँ समिकरणका आधारमा नि पर्देश सरकारहरु बन्ने सम्भावना छ । त्यसैलेनि काँग्रेसीहरुले एमालेलाई सरकार चलाउन दिए अबकाे सरकार त्यसैगरि चल्छ भन्ने छैन । काँग्रेसले चाहेर पनि अब एमालेकाे सरकारमा बस्न पाउँदैनन । चुनाबका बेला भरपुर गाली पाएका र काँग्रेसीहरुकाे खिल्लि उडाएकाे देखिदेखि पनि मन्त्रीहरु दङ्ग परेर हेरे पनि अन्य कार्यकर्ताहरुचाहि एमालेसपत रुष्ठनै देखिन्छन । कार्यकर्ताकाे वपराेध रहेमा मन्त्रीहरु मन्त्रीबाट फर्किनु पर्ने त छँदैछ तर पनि याम लालले जतप वेज्जति गरेपनि त्याे बेज्जति सहेर भएनि अरु २ बर्षनि झण्डा हल्लाउने रहर पूरा गर्न पाएदेखि याम लाललाई भगवानै मान्नु हुन्थ्याे भन्नेमा पनि केही मन्त्री छन ।

जब याम लालनै काँग्रेस सित गठबन्धन गर्न तयार भएनन भने चाईँ केही मन्त्रीहरुकाे चाहनामा तुषारापात हुने निश्चित छ । खेलकुद सदस्य सचिव नियुक्त गर्न नपाएकाेमा मुख्यमन्त्री फायर छन । उनकाे चाहना सदस्यसचिव आफ्नो मान्छे नियुक्त गरेर खेलकुदमा हैकम चलाउने र यसपछि आउने चुनाबमा तिनै खेलाडीलाई प्रयाेग गरेर चुनाब प्रचारमा सहजता ल्याउने र १०/२० लाई जागिर पनि खुवाउन र स्वयंसेवकका नाममा कार्यकर्ता भर्ति गर्न पाईने भएकाले पनि सदस्यसचिव आफ्नाे मान्छे बनाउने दाउमा लाग्दा लाग्दै नि काँग्रेसी मन्त्रीले बाटाे नदिएछि मुख्यमन्त्री काँग्रेसीहरुसित फायर छन । त्यसैले पनि अब काँग्रेसलाई लिएर हैनकि माओवादिलाई लिएर कर्नालिमा एमाले सरकार बनाउने खेलमा छ ।हेराैँ माओवादिहरु षामलालकाे प्रस्तावमा सकारात्मक हुन्छन हुँदैनन समयले बताउला ।

घुयँत्राे:“गाली कांग्रेसलाई, माया माओवादीलाई – कर्नालीमा यामलालको गठबन्धन योगासन!”

स्वास्थ्यपछि सिंजा: कर्णालीको नयाँ कानुनी अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds