२०८३ जेष्ठ ३० गते
×

Now Playing

गोलभेडा खेतीबाट बार्षिक ७ लाख कमाउँदै झलका

गाेल्डेन बुढा

जुम्ला,१४ भदौ।
जुम्लाको चन्दननाथ नगरपालिका -२ बुढ्थाबाडा गाउँकी ३३ वर्षिया झलका (ऐडी)बुढ्थापालाई टमाटर बेच्न भ्याइनभ्याई छ।बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म टमाटर भर्दै र जाेख्नमा दिनचर्या बित्ने गरेको छ।ग्राहकहरुले उनलाई अघिल्लो दिन देखि मलाई टमाटर राखिदिनु भनेर फाेन गर्छन्। झलका ग्राहककाे मागअनुसार टमाटर ठिक्क पार्छन्।

विगत पाँच वर्ष देखि योङस्टार मल्टी एग्रो फर्म दर्ता गरेर व्यावसायिक टमाटर खेती गरिरहेकी छन्।२०७७ मा व्यावसायिक रुपमा टमाटर खेतीमा लागेको झलका बताउँछिन्।दिनप्रतिदिन रोजगारी खोज्दै युवायुवतीहरू विदेश पलायन भइरहेका बेला गोलभेडा खेती गरेकी हुन्। उनले तीन वर्षे काेर्ष आईएसीएजी पढेर सकेकी छन्।जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा पढ्केकी थिइन्।लगत्तै लाेकसेवा आयोग तयारी गरिन्।दुई वर्ष सरकारी सेवा नाम निकालीन्। दुवै वर्ष झलकाको तीन कोटामा नाम आयो। महिला, खुल्ला र पिछडिएको कोटामा, तर दुर्भाग्यवश उनी अन्तरबार्तामा असफल भइन्।

उनले भनिन्, ‘अहिलेको पिढीले रोजगारी नपाएको भन्दै विदेशलाई कर्मभूमि बनाएर काम गरिरहेका छन्।जन्मभूमिको माटोमै पसिना बगाएर विदेश गएका युवायुवतीलाई जन्मभूमिमै फर्काउन खाेजिरहेकाे छुँ।कृषि विद्यार्थीको सीप गोलभेडा खेतीमा प्रयोग गरिरहेकी छुँ। बारीमा तीनवटा ग्रीन हाउस छन् । तीनवटै ग्रिन हाउसमा लटरम्म गोलभेडा फलेका छन् । काम नपाएर विदेशिने युवाहरूका लागि यो राम्रो शिक्षा हो।उनी गतवर्ष कर्णाली प्रदेश अन्तर्गतको मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भइन् ।’टमाटर खेतीमा उनका श्रीमान अजय बुढ्थापाकाे पनि साथसपाेेट छ।अजयले भने २१ वटा विरुवाबाट सुरु गरेका थियौं।२४ लाख लगानीमा यो व्यावसायको सुरुवात गरिएको हो।हाम्राे फर्ममा विषादीरहित टमाटर उत्पादन हुन्छ।गोलभेडा खेतीबाट वार्षिक ७ लाख बढी रुपैयाँ आम्दानी गरिरहेको अजयले बताए ।

उनीहरू बेमौसममा प्रतिकेजी १ सय देखि सिजनमा प्रतिकेजी ३० रुपैयाँमा बजारमा गोलभेडा उपलब्ध भइरहेको छ। अजयले भने, ११ राेपेेनी क्षेत्रफल गोलभेडा खेती भइरहेको छ। अन्य तरकारी बन्दा,काउली,काख्रा र सिमी लगायत छन्।उनको गोलभेडा खेती हेर्न जिल्लाका कृषि विज्ञहरू र किसानहरू गोलभेडा खेतीको पटक-पटक अवलोकन गरिरहेका हुन्छन् । अजयकाे दम्पतीले गोलभेडा खेतीको सम्भावना र देखिएका समस्याबारेमा अनुभव सुनाइरहेका हुन्छन्। ‘राज्यले कृषि क्षेत्रमा हरेक वर्ष लगानी गरिरहेको भनिरहेको छ, तर वास्तविक किसानसम्म सरकारी लगानी नपुग्दा समस्या देखिएको छ,’ उनले भने, ‘हरेक युवाहरू खेतीमै जोडिनुपर्ने र राज्यले दिएको अनुदान वास्तविक किसानसम्म पुग्नुपर्ने बताउँछन् ।

सदरमुकाम खलंगामै उनको गोलभेडा खेती भएकाले सबैको ध्यान उनीहरूतिरै केन्द्रित छ। चन्दननाथ नगरपालिका -३ मा उनको टमाटर खेती भइरहेको छ।‘बेमौसममा गोलभेडा पुर्‍याउन सकिँदैन।दम्पतीले अथक परिश्रम र मिहिनेतले कृषि क्षेत्रमा राम्रो सन्देश फैलाइरहेका छन् ।किसानहरूको मिहिनेत छ । तर, सरकारी तबरबाट कुनै सहयोग नहुँदा लामो समय टिक्न समस्या छ ।बाहिरबाट आयतित टमाटरलाई विस्थापित गर्ने उदेश्य छ । राज्यले संकलन केन्द्र स्थापना गरेमा उत्पादन भएको टमाटर विक्रि वितरणमा सहज हुने अजय बुढ्थापा बताउँछन् । उनको टमाटर सुर्खेत,कालिकोट,लगायतका जिल्लामा पुग्छ।

गोलभेडा खेतीबाट बार्षिक ७ लाख कमाउँदै झलका

कर्णाली प्रदेशमा १० वर्षमा विपद्का घटना :

Leave a comment

Your email address will not be published. Required fields are marked *