टक्कबहादुरले बनाए:घरको छतमाथि नेपाल एयरलाइन्स

गाेल्डेन बुढा

जुम्ला,१२ साउन।
भनिन्छ, ‘हुने बिरुवाको चिल्लो पात’ राम्रो मान्छेले सानै देखि राम्रो लक्षण देखाउँँछ! भने झैँ,जुम्लाको तातोपानी गाउँपालिका-५ लाम्रा गाउँका टक्कबहादुर नेपाली (सार्की)अहिले ४२ वर्षका भए।उनी विंस २०४० सालमा बुबा भक्तबहादुर सार्की र आमा बिउला सार्कको काेेखबाट जन्मिए।उनको बालापनकाे उमेरदेखि विज्ञान र प्रविधि क्षेत्रमा निकै रुचि थियो।टक्कबहादुर भन्छन्´ सानैदेखि काठ र माटाको गाडी, हेलिकप्टर,प्लेनजस्ता खेलौना बनाउने गर्थे। पढ्नेतिर खासै रुचिकर थिएन्। सार्की विंस २०५८ सालमा एसएलसी अनुत्तीर्ण भए।तर, दोस्रो प्रयासमा उत्तीर्ण भएका थिए।घरको जेठो सुपुत्र र आर्थिक अवस्था कमजोरी कारण टक्कबहादुरले उच्च शिक्षा पढ्न पढ्न नपाएको गुनासो पाेखे।पछि विंस२०६० सालतिर उनी हाउस वायरिङ सम्बन्धी तालिम लिन नेपालगञ्ज हानिए।

सीप सिक्दै गर्दा वैदेशिक रोजगारीबारे जान्ने सुनाैलाे अवसर मिल्यो।विदेशमा राम्रो कमाइ हुने, आर्थिक स्रोत बलियो भएपछि नेपाल फर्केर राम्रो काम गर्न सकिने भन्ने भएपछि टक्कबहादुरले पनि विदेश जाने सोच बनाए।उनी लगत्तै विंस२०६२ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए।मलेसियामा एक वर्षमात्रै काम गर्दा भोगेको दुःख तथा पीडा,कष्टले टक्कबहादुरको जीवनको सिकाइ बन्यो।गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा प्रोडक्सन असिफरका रूपमा काम गर्दा उनले मासिक ४ सय १० मलेसियन रिंगेट तलब पाउँथे। ओभरटाइम काम गरेर कुनै महिना उनी १००० रिंगेटसमेत कमाउँथे । तर, सामान्यतया ६/७ सय रिंगेट जतिमात्रै मासिक कमाइ हुन्थ्यो । त्यो पैसाले उनलाई त्यहीँ खान-बस्न धौधौ हुन्थ्यो।‘मलेसियामा जुन प्रकारको सम्झौता भएको थियो, त्यो अनुसार काम थिएन।

एकदमै दुःख र पिडादायीको काम थियो।काम गर्न नसकेर एक वर्षमै म नेपाल फर्किएँ,’ टक्कबहादुरले नागरिक पत्रिका संग भने।काम गर्न नसक्ने र त्यति दुःख नेपालमै गरे राम्रो कमाइ गर्न सकिन्छ,भन्ने उदेश्य बाेकेर फेरि विंस २०६३ सालमा नेपाल फर्किए।पछि विंस२०६४ सालमा स्कुलमा पढाउन थाले।आफ्नो घरबाट चार घण्टाको दुरीमा रहेको सेतीबाडा निमावि नुवाकोट स्कुलमा उनले विज्ञान शिक्षकको रूपमा जागिर पाए।कुनै सरकारी दरबन्दी होइन।निजी काेटामा पढाए। ‘मेरो पढाइ एसएलसी भए पनि कक्षा ७ सम्म विज्ञान विषय पढाउँथेँ,’ उनले भने।सार्कीले भने, मेरो रुचि अनुसार कै विषय पढाउन थाले।विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासमा बढी जोड सजिलो हुन्थ्यो। स्कुलमा पढाउँदा पढाउँदै उनले विद्युतीय भोटिङ मेसिन बनाएका थिए। उनले बनाएको भोटिङ मेसिनको गाउँदेखि शहरसम्म एक कान मैदान हुदै चर्चापरिचा चुलियो ।

सञ्चारमाध्यमले उनले गरेको आविष्कारको समाचार बनाए। उनलाई त्यतिबेला साविकको लाम्रा गाविस कार्यालयले उनलाई १० हजार रुपैयाँ दिएर पुरस्कृत गर्‍यो।उनलाई झन खुसीले सिमा नाघेर आयो।त्यसपछि तत्कालीन जिल्ला विकास समिति (जिविस) ले समेत उनलाई बोलाएर सम्मान गर्‍यो । उनलाई त्यो भोटिङ मेसिन काठमाडौँ लगेर निर्वाचन आयोगलाई देखाउन सुझाव दिइयो । उनी भोटिङ मेसिन बोकेर जुम्लाबाट काठमाडौँ पुगे।उनले भोटिङ मेसिन निर्वाचन आयोगमा देखाए। निर्वाचन आयोगले सबै कुरा परीक्षण गर्‍यो र एकदम राम्रो भन्यो।त्यसपछि त्यो भोटिङ मेसिनको ‘पेटेन्ट राइट’ परीक्षण गराउन उनलाई नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानमा जान भनियो । प्रतिष्ठानमा गएर परीक्षण गराउँदा त्यो मेसिनको पेटेन्ट राइट भारतसँग रहेको पत्ता लाग्यो ।उनले भने, ‘यो मेसिन इण्डियामा बनेको रहेछ । उहाँहरूले यसको पेटेन्ट राइट इण्डियासँग छ, अब यो मेसिन बनाउनतिर नलाग्नुस् भन्नुभयो ।’यही क्रममा आफूलाई दिइएको सुझाव अनुसार टक्कबहादुर त्रिपुरेश्वरमा रहेको घरेलु तथा साना उद्योगको कार्यालय पुगे । त्यहाँ उनलाई खान–बस्नसमेत व्यवस्था गरेर सिक्ने व्यवस्था मिलाइयो । त्यहाँ उनले विभिन्न काम थाले, जुन सफल नभए पनि उनको जीवनको महत्त्वपूर्ण सिकाइ बन्यो ।‘क्याप टोपीमा सोलार सिस्टम राखेर मोबाइल चार्ज गर्न मिल्ने बनाएँ । त्यस्तै साइकल चलाउँदा चार्जिङ हुने डायनामा समेत बनाएँ । त्यो दुवैले खासै प्रगति भएन,’ टक्कबहादुरले भने, ‘तर, त्यहाँबाट मलाई व्यवसाय गर्ने आइडिया आयो। यस्तै ’टक्कबहादुरले २०७४ सालमा प्याराग्लाइडिङ समेत बनाएका थिए । त्यो बनाए बापत उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएका थिए।उनले युट्युब हेरेरै बनाएको प्याराग्लाइडिङको परीक्षण सफल भएको थियो । त्यो बेला उनले विभिन्न निकायबाट सात लाख रुपैयाँकाे पुरस्कार पाएका थिए । तर, व्यावसायिक उडान अनुमति नपाएपछि उनले बनाएको प्याराग्लाइडिङ त्यत्तिकै घरमा थन्किएको छ। उनले राष्ट्रिय स्तरका दुईवटा पुरस्कारबाट सम्मानित भएका छन्। राष्ट्रिय युवा प्रतिभा पुरस्कार १ लाख राशि, र श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५ हजार रुपैयाँ राशि सहित उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भए।भने दर्जनौं जिल्लास्तरका पुरस्कारबाट सम्मानित भएका छन्।टक्कबहादुरले सिक्न चाहनेहरूलाई काम पनि सिकाउँछन्।‘यस्तै अहिले टक्कबहादुरले आफ्नो घरको छतमा नेपाल एयरलाइन्स प्लेन बनाएका छन्। जुम्लाको तातोपानी गाउँपालिका -६ हियाँखाेलामा नवनिर्मित घरकाे छतमा बनाएका हुन्।यसमा झण्डै १ लाख रुपैयाँको लगानी गरिएको बताए।सिमेन्ट,वालुवा,गिट्टी र सरिया बाट निर्माण गरिएको छ।उनलेे भने,तलि पसल छ।माथि नेपाल ध्वजाबाहक एयरलाइन्स नेपाली झण्डा अंकित गरिएको छ।

टक्कबहादुरकाे घरको कता छ? भन्दा प्लेन भएको घर हो।भनेर सजिलै चिन्न सकियोस् र राम्रो चिटिक्क दृखियाेस् भन्ने उदेश्य छ।आफ्नो कला सीप प्रदर्शन लागेको बताउँछन्।कर्णाली राजमार्गको काखमै भएकोले दिनप्रतिदिन हेर्ने, अवलोकन गर्ने,फाेटा खिच्ने र टिकटक भिडियो बनाउने गर्दछन।अहिले कुनै कार्यालय बाट सहयोग भएको छैन। तर, आश्वासन आइरहेको छ।तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले पनि आश्वासन दिएको बताए।खाजा घर भएको प्लेन मिटिङ हल भएको प्लेन बनाउन सुझाव आइरहेको छ।उनलेे भने।

टक्कबहादुरले बनाए:घरको छतमाथि नेपाल एयरलाइन्स

वीरेन्द्रनगरको ड्रिम प्रोजेक्ट भेरी पम्पिङ रुख कटानको

टक्कबहादुरले बनाए:घरको छतमाथि नेपाल एयरलाइन्स

मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

Leave a comment

Your email address will not be published. Required fields are marked *