बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

सुर्खेत । तीन जना बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा सल्यान कालीमाटी गाउँपालिकाका ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बालिकाका माथि बलत्कार तथा यौन दुव्र्यहार गरेको आफन्तले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
५७ वर्षीय पुरुषले घरनजिकैको पसलबाट पटक–पटक चकलेट किनेर खान दिई ललाई–फकाई आफ्नो कोठामा लगेर तीन बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका पुरुषलाई जिल्लाको त्रिवेणी गाउँपालिका–६ लुहामबजारमा रहेको इलाका प्रहरी कार्यालयमा राखिएको छ । आरोप लागेका व्यक्तिका नाममा जिल्ला अदालत सल्यानमा मुद्दा दर्ता भई अनुसन्धानका लागि म्याद थप भएको छ ।






