१०– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा

सियोल, ९ असोज (रासस/एएफपी) ।

दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । मार्सल लमार्फत पतिलाई पदबाट हटाइएपछि पहिलोपटक पूर्व प्रथम महिलाले अदालतमा मुद्दाको सामना गर्नुभएको हो ।

किमलाई गत अगस्टमा स्टक हेरफेर र भ्रष्टाचार लगायतका आरोपमा पक्राउ गरिएको थियो । उहाँ गार्डहरूको बीचमा सियोल केन्द्रीय जिल्ला अदालतमा उपस्थित हुनुभयो । गाढा सूटमा, कपाल पछाडि बाँधिएको, छातीमा कैदी नम्बर ४३९८ लेखिएको ब्याजसहित उहाँ अदालतमा देखिनुभयो ।

पहिचान र पेशा पुष्टि गर्ने क्रममा उहाँले संक्षिप्त जवाफ दिनुभयो, “म बेरोजगार छु ।” उहाँले जन्ममिति दिए पनि जूरी ट्रायलको अनुरोध अस्वीकार गर्नुभयो ।

यो मुद्दाले दक्षिण कोरियामा पहिलोपटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिलालाई एकैसाथ आपराधिक कारबाहीमा ल्याएको हो । विशेष गरी स्टक हेरफेरमा संलग्नता र सन् २०२२ मा वामपन्थी पादरीसँग डायर ह्यान्डब्याग लिएको विवादपछि किम लामो समयदेखि अनुसन्धानको दायरामा हुनुहुन्छ ।

उहाँमाथि युनको पार्टीको सांसद चयन प्रक्रियामा हस्तक्षेप गरेको र निर्वाचन कानून उल्लङ्घन गरेको आरोपसमेत छ । कानूनी विज्ञहरूका अनुसार यो मुद्दाले दुवैलाई संसदीय चुनावमा प्रभाव पार्ने भूमिकाका लागि जवाफदेही बनाउन सक्छ ।

राष्ट्रपतिको हैसियतमा युनले संसद्ले पारित गरेका किमविरुद्धका तीन विशेष अनुसन्धान विधेयकलाई भिटो गर्नुभएको थियो । अन्तिम भिटो नोभेम्बरमा जारी गरेपछि एक सातामै उहाँले मार्सल ल घोषणा गर्नुभएको थियो ।

१०– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा

११– रुस : युक्रेनमा आक्रमण जारी राख्नबाहेक

१०– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा

इरानको कार्पेट उद्योग सङ्कटमाः परम्परागत सम्पदा अस्ताउने

Leave a comment

Your email address will not be published. Required fields are marked *