राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौँ, ७ मङ्सिर । 
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार क वर्गको वाणिज्य बैङ्कमा रु तीन अर्ब ८० लाख,  ख वर्गका विकास बैङ्कमा रु ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख बराबर लगानी हुनेछ ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।
नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई
नेपालगञ्ज, ६ मङ्सिर ।
नेपालगञ्जमा आज सम्पन्न ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन् ।  खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् । उनले रु दुई लाख नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै, दुई घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै नेपाल सेनाकका सुशीलकुमार शाही दोस्रो तथा दुई घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दूरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः रु एक लाख र ५० हजार पुरस्कार प्राप्त गरे ।
हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनी पाँचौँ संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै रु ७५ हजार पुरस्कार हात पारेन । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भइन् ।
राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो नेपाल

राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने

नेपालगञ्जको महेन्द्र पुस्तकालयमा ‘इ–लाइब्रेरी’ बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *