११ औँ धारा नेपालगञ्ज म्याराथन, नेपाली सेनाका खडक बहादुर खड्का पुनः च्याम्पियन, महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेको विजय

बाँके,६ मंसिर ।

११औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि यस वर्ष पनि नेपाली सेनाका खडक बहादुर खड्काले नै जितेका छन्। शनिबार बिहान सम्पन्न म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै खड्काले ४२ किलोमिटरको दुरी २ घण्टा १५ मिनेट ८ सेकेण्डमा पूरा गरे । उपाधिसँगै उनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। खड्का गत संस्करणका पनि विजेता रहेकाले यसपटक आफ्नो विजय दोहो¥याउन सफल बने।

यस्तै, नेपाल आर्मीकै सुशिल कुमार शाही २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भए भने सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की २ घण्टा १९ मिनेट १८ सेकेण्डको समयसहित तेस्रो स्थानमा रहे। शाहीले १ लाख रुपैयाँ र पार्कीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

महिलातर्फको हाफ म्याराथनमा जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारिन्। पाँचौँ संस्करणको समेत विजेता रहेकी न्यौपानेले यसपटक ७५ हजार रुपैयाँ पुरस्कार जितिन्। हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो भइन् भने आश्मा विश्वकर्मा तेस्रो स्थानमा रहिन्।

म्याराथनको उद्घाटन तथा समापन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक घिसिङ, नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, मिस नेपाल लुना लुइँटेल, नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी, प्रायोजक केएल दुग्ध ग्रुपका सिइओ प्रदीप छाछेडलगायतको उपस्थिति थियो।

विजेता खेलाडीलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार, म्याराथन, हाफ म्याराथन र अन्य विधामा शीर्ष १० भित्र पर्न सफल खेलाडी तथा दौड पूरा गर्ने सबैलाई ५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।

 

११ औँ धारा नेपालगञ्ज म्याराथन, नेपाली सेनाका खडक बहादुर खड्का पुनः च्याम्पियन, महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेको विजय

कर्णालीको बलियो प्रदर्शन, लुम्बिनी ९ विकेटले पराजित

११ औँ धारा नेपालगञ्ज म्याराथन, नेपाली सेनाका खडक बहादुर खड्का पुनः च्याम्पियन, महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेको विजय

सल्यान पश्चिममा रास्वपा जुट्याे वडा कमिटी विस्तारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds