वेष्टर्न हस्पिटल प्रालि नेपालगन्ज– कर तिर्ने शीर्ष करदाताको रूपमा सम्मानित

बाँके,१ मंसिर ।

आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा वेष्टर्न हस्पिटल प्रालि नेपालगन्ज सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आज एक विशेष कार्यक्रममा हस्पिटललाई सम्मान गरेको हो।

सम्मान कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले वेष्टर्न हस्पिटलका सञ्चालक डा. विनोदकुमार थापालाई दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले कर प्रणालीलाई समयसापेक्ष रूपमै सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै करदातामैत्री वातावरण निर्माणमा सबै पक्षको भूमिकाको महत्वमाथि जोड दिनुभयो। उहाँले स्वेच्छिक कर भुक्तानी प्रवर्द्धन गर्न यस्ता कार्यक्रममा ठूलो प्रेरणा मिल्ने पनि बताउनुभयो।

नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई, उद्योग व्यापार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, आइक्यान बाँकेका अध्यक्ष तेजप्रकाश दीक्षित, अडानका केन्द्रीय सचिव जुवेर राई र नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले कर दिवसले करदाताको योगदानलाई सम्मानित गर्ने राम्रो परम्परा स्थापित भएको औंल्याउनुभयो।

कार्यक्रममा कर अधिकृत उदयराम केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन अर्का कर अधिकृत किरण डाँगीले गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख न्यौपानेले गर्नुभएको थियो। उहाँले बाँके–बर्दिया क्षेत्रअन्तर्गत कर संकलनमा हरेक वर्ष वृद्धि भइरहेको उल्लेख गर्दै कर प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो।

वेष्टर्न हस्पिटल प्रालिको कर भुक्तानीले प्रदेशकै कर प्रशासनमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ।

 

वेष्टर्न हस्पिटल प्रालि नेपालगन्ज– कर तिर्ने शीर्ष करदाताको रूपमा सम्मानित

कर्णालीमा भिर- रूखबाट चार वर्षमा २ सय

वेष्टर्न हस्पिटल प्रालि नेपालगन्ज– कर तिर्ने शीर्ष करदाताको रूपमा सम्मानित

सम्पादकीय : प्रशासनलाई विचौलियामुक्त बनाऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds