सम्पादकीय : देशलाई अन्यौलतामा जान नदेऊ !

जेनजी आन्दोलनका विरुद्ध २९ कार्तिकमा सडकमा आएको एमालेले देशका सबै जिल्ला र ठूला शहरमा विरोधको कार्यक्रम गरेर ओली सरकार ठिक थियो भनेर प्रमाणित मात्र गरेनन् कि यो सरकारले गराउने चुनावमा आफुहरुले भाग नलिने समेत घोषणा गरे । देशमा भै रहेको बेथिति, भष्टाचार र दण्डहिनता आफ्नो सरकारले मात्र हटाउन सक्ने भन्दै संसद पुनस्थापना नै एकमात्र विकल्प रहेको कुरामा जोड दिँदै उनिहरुले अदालतद्वारा संसद पुनर्स्थापना गरिनु पर्नेमा जोड दिए । यो सरकारले चुनाबै गराउन नसक्ने भएकाले पनि यो अन्यौलको स्थितिको अन्त्यका लागि अदालतमात्र विकल्प रहेको बताए ।

जेनजी आन्दोलनविरुद्ध आयोजना गरिएको एमालेको सडक आन्दोलनको एकमात्र उद्देश्य सडकमा जनता उतारेर देशमा जेनजी आन्दोलनको कुनै औचित्य नरहेको सावित गराउनु थियो । हुनपनि बेठेगान सडक आन्दोलनमा जेनजीहरुले यति छिटै आन्दोलन सफल होला, ओली यसरी सत्ता छोडेर भाग्लान र अन्तत सडक आन्दोलनको जिम्मेवारी र नेतृत्व आफुहरुले लिनु पर्ला भन्ने कल्पना उनिहरुले गरेका थिएनन् । जसका कारण आन्दोलन सफल भएपनि जेनजीहरुले सत्ता हातमा लिन सकेनन् । सत्ता अरुलेनै लिए । आफ्ना हातमा बेथिति, विसंगती भष्टाचार, दण्डहिनता र सामाजिक सञ्जाल प्रतिवन्धविरुद्ध जेन–जी आन्दोलन केन्द्रित भयो ।

तर, त्यसलाई पूरा गर्ने आन्दोलनले खोजेको परिणाम निकाल्ने कुनै पनि चिज जेनजीका हातमा रहेनन् । आन्दोलन  अर्कैले हाईज्याक गरेर सरकार बनाई दियो । फलत २०/२१ चिरामा बाडिएका जेनजीहरले कसले नेतृत्व गर्ने भन्ने भ्याउनै पाएनन फलत सुशिला कार्किको नेतृत्वमा सरकार बन्यो । सरकारको वरिपरि घुम्दा घुम्दै बेथिति र भष्टाचारले गाजेको देश, अत्याचारका घडा भरिएपछि त्यसको अन्त्यका लागि जेनजीका नाममा  सडकमा आएको युवापुस्ताले पनि यो बेथिति भष्टाचार र दण्डहीनताको अन्त्य गर्न कसरी अगाडि बढने भन्ने योजना नहुँदा दिग्भ्रमित भए । एक्कासी आन्दोलनमा हुत्तिएको जेन–जी आँफुले कल्पनै नगरेको आन्दोलन क्षणभरमै सफलताको सिँढिमा पुगेकाले पनि आन्दोलनको नेतृत्व नै कसरी गर्ने भन्ने चालै पाएन । २०/२१ भागमा बाँडिया जेनजीहरु सरकार ढलेछि सरकार बनाउन को जाने भनेर भ्याउनै पाउन सकेनन । फलत आन्दोलनको नेतृत्व नै हाईज्याक भयोर त्यै नेतृत्वलाई सरकार बनाउने दिने बाहेक आन्दोलनकारीको हातमा केही रहेन ।  आन्दोलनका बेला उठाएका भष्टाचारको अन्त्य, सामाजिक सञ्जाल यथोचित सञ्चालन, बेथिति र दण्डहीनताको अन्त्यका माग हातमा लिएर जेनजीहरु सडकमा हिँडेका हिँड्यै छन् । तर, उनिहरुको माग पूरा गरिदिन सरकार तयार छैन ।

फलत यतिबेला देशमा कसको सरकार छ ? कसले कसको लागि काम गरेको छ ? जेनजीका माग कहाँ गए ? कहिले पूरा हुन्छन ? भष्टाचारीहरु कैले जेल जान्छन ? देशको यो बेथिति कहिले साम्य होला  ? दण्डहिनताको पराकाष्टाँ कहाँ पुग्ने हो ? यो सरकार के गर्दैछ  ? देशमा चुनाब गराउँछु भनेको सरकारले चुनाब गराउन सक्ला कि नसक्ला भन्ने प्रश्नहरु हामीमाझ तेर्सिएका छन्  । देशका ठूला दल अब सबै काम छोडेर सडकमै आईराख्लान कि रोकियलान ? भष्टाचारको आहालमा डुबेको देशको कर्मचारी संयन्त्र कहिल्यै सुधार्न सक्ने र सुध्रिने अबस्था आउलाकि न आउला ? उद्योग व्यवसायको यो गिर्दो अबस्था र अलिअलि भएका उद्योग पनि राजश्व तिर्न तयार होलान कि नहोलान ? यी तमाम सवालहरुको घेरामा देश अल्झिएकोछ ।

जेन–जीहरु आन्दोलन जितेर हारेका छन् । जेनजीहरुको आन्दोलन दिशाविहिन र परिणाम बिहिन छ, भन्नेहरुले जेन–जीकै सरकार भन्छन तर सरकारले आन्दोलनको बेला उठाइएकका कुनैपनि माग नत पूरा गरेको छ नत गर्ने अबस्थामा छ । सरकार प्रहरी प्रशासन र कर्मचारी तन्त्रलाई चलाउन नसक्ने अबस्थामा रहेकाले जेन–जीका माग पूरा हुने कतै अबस्था देखिन्न । जेन–जी आन्दोलनपछिका घटनाक्रम जे भएपनि देशलाई थप दुर्घटनामा जान दिइनु हुँदैन । यो विषम परिस्थितीमा सबै मिलेर जानुको विकल्प छैन ।

सम्पादकीय : देशलाई अन्यौलतामा जान नदेऊ !

हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *