सुर्खेत प्रशासनले पुनःलगायो कफ्र्यू

सुर्खेत, २७ भदौं ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले पुनः कफ्र्यू आदेश जारी गरेको छ । प्रदशे राजधानी वीरेन्द्रनगरको सुरक्षा व्यवस्था सामान्य बन्दै गएपछि बिहिबार बिहान कफ्र्यू आदेशलाई निषेधाज्ञामा सीमित गराइएको थियो । तर, निषेधाज्ञाको समयमा पनि सुरक्षा चुनौती बढेपछि प्रशासनले पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।

रत्नराजमार्गअन्तर्गत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको उत्तर–दक्षिण दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी राखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए । यी क्षेत्रमा हुलदङ्गा वा अशान्ति फैलाउने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी साँझ ६ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन (संशोधन सहित) २०२५ को दफा ६ (२क) बमोजिम निषेधाजा जारी गरिएको उनले बताए ।

आदेशको पालना नगर्ने जो कोहीलाई तत्काल कारवाही गरिने प्रशासनले जनाएको छ । कफ्र्यू आदेश अवधीभर अत्यावश्यक सेवाका सवारी साधनहरु एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन तथा सञ्चारकर्मीहरुको आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने प्रजिअ उपाध्याले बताए ।

सुर्खेत प्रशासनले पुनःलगायो कफ्र्यू

हातहतियारसहित अन्य सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह  

सुर्खेत प्रशासनले पुनःलगायो कफ्र्यू

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds