हिउँ कुर्दै जुम्लाका किसान सुके गहुँ र जौ


एउटा सिजनको परिश्रमलाई मौसमले साथ दिनेको हो,भने जुम्लाको तातोपानी गाउँपालिका –३ की ५६ वर्षया एलिसा रावललाई वर्षभरि परिवार पाल्ने अन्न आफ्नै खेतबारीबाट ढुक्क थियो ।

दशक अघिको जस्तो अवस्था अब रहेन । कहिले खडेरी, कहिले असिनापानी त,कहिले बाढीपहिरो । अन्न उत्पादनमा ह्रास आएपछि उनलाई जीविका चलाउन धौ–धौ छ । यस्तै उनका छिमेकी ६३ वर्षकी कौशिला रावलको अवस्था पनि उस्तै छ । सिजन अनुकूल वर्षा र हिमपात नहुँदा हिमाली बस्तीका धेरै किसान मर्कामा परेका छन् ।

यो वर्ष जुम्लामा हिउँ परेको छैन । खडेरी कारण खेतीयोग्य जमिनमा लगाएको गहुँ र जौ बाली सुक्न थालेपछि खाद्यान्न अभाव हुने भन्दै किसान निराश बनेका हुन् । ‘खडेरीले अनाज उत्पादन हुनै छाड्यो,’ रावलले भनिन्, ‘अन्न उत्पादन घटेपछि बाहिरबाट आयतित सेतो चामलको मुख ताक्नुपर्ने बाध्यता छ ।’

केही वर्षअघि ८ क्विन्टल गहुँ १३ क्विन्टल सम्म जौँ उत्पादन गरेकी उनले गत वर्ष मुस्किलले २ क्विन्टल मात्र उत्पादन भएको गुनासो गरिन् । एक दशकअघि सिमी,आलु,कोदो र फापर उत्पादन गर्ने गाउँका बासिन्दाले अहिले बजारबाट खरिद गर्नुपर्ने बाध्यता भएको एलिसा बताउँछिन् ।

गाउँको पाखोबारीमा चिनु, कागुनो र फापर फल्न छोडेको छ । एक दशकअघिसम्म दुई क्विन्टल चिनु,१ देखि२ क्विन्टलसम्म कागुनो, फापर उत्पादन गर्ने उनले केही वर्ष यता देखि लगभग आधाले उत्पादन घटेको गुनासो गरिन् । अनुकूल वर्षा र हिमपात नहुँदा जग्गा बाँझिँदै गएको स्थानीयको गुनासो छ । अन्न लगाए पनि रोगकिराको प्रकोप देखिने स्थानीय किसान जगत न्यौपाने बताउँछन् ।

‘गाउँमा हिउँ परे र वर्षा भए सुबिकाल आउँछ,’तर,सुख्खा खडेरीले खेतबारीमा छरेको बिउँ पनि उत्पादन हुदैन ।
उनले भने, ‘सधैं खडेरी परेपछि कसरी बालबच्चा पाल्ने ? झजलवायु परिवर्तनको प्रभावले हिमाली बस्तीमा हिउँ नपर्दा वर्षेनि उत्पादन घट्दै गएको कृषि विज्ञहरूको भनाइ छ । ‘उर्भर भूमि बर्सेनि बाँझिँदै गएको छ,’ उनले भने, ‘अन्नबाली उत्पादनबाटै आत्मनिर्भर भएका किसानलाई पनि बाहिरको खाद्यान्न किन्नुपर्ने बाध्यता छ ।’

खडेरीले स्याउलगायत फलफूल र तरकारीमा पनि असर पारिरहेको देखिन्छ । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य सङ्कट निम्तिने जुम्लाका किसान बताउँछन् ।
जिल्लाको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था नहुँदा आकाशे वर्षाको भरमा खेती हुँदै आएको छ । हिउँदे बालीको अन्नले यहाँका किसानहरू दुईदेखि ६ महिनासम्म खाद्यान्नको व्यवस्था हुन्छ । पानीका कारण हिउँदे सिजनमा यहाँका किसानहरूले बढीजसो जमिन बाँझो राख्ने गरेका छन् ।

यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित छ । पुसको अन्तिमसम्म यसरी हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ । पाखे जौँ र गहुँबाली नष्ट भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

यता कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लाको भू–उपयोगको स्थिति हेर्दा १५.२१ प्रतिशत कृषि क्षेत्र छ भने, कृषि योग्यजमिन ३८ हजार ४ सय ८६ हेक्टर छ । उक्त जग्गामध्ये खेति खेतीगरिएको जमिनको क्षेत्रफल ३३ हजार २ सय ७३.७२ हेक्टर छ । खेतीयोग्य बाँझो जमिनको क्षेत्रफल ५२ हजार १२ सय .३८ हेक्टर देखिन्छ । यस्तै गहुँ २ हजार ४ सय ६१ हेक्टर,कोदो ३ हजार ७ सय ,फापर ९०,जौँ३ हजार ८ सय ७०, चिनो ५०,कागुनो १५ र उवा ३० गरि कुल १७ हजार ६ सय १६ हेक्टरमा खेती भइरहेको छ ।

हिउँ कुर्दै जुम्लाका किसान सुके गहुँ र जौ

वनको संरक्षणमा जुटे जोडु गाउँका स्थानीय

हिउँ कुर्दै जुम्लाका किसान सुके गहुँ र जौ

कर्णाली प्रदेशमा टेबल टेनिसको अवस्था

This will close in 0 seconds