जुम्लामा एमालेको पालिका सभा एकैसाथ सम्पन्न, संगठन सुदृढीकरणमा जोड

काली बहादुर परियार

जुम्ला,२५ कार्तिक ।

नेकपा  एमाले जुम्लाले केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन अनुसार जिल्लाको एउटा नगरपालिका सहित आठवटै स्थानीय तहमा एकैदिन पालिका सभा सम्पन्न गरेको छ । प्रत्यक पालिकामा आयोजित सभामा पार्टीका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रम बारे कार्यकर्ता र स्थानीय नागरिकलाई जानकारी गराएका थिए ।

पार्टीका प्रचार प्रसार बिभाग प्रमुख सरोज शाहिका अनुसार, सभाहरूमा गाउँ कमिटी, जनबर्गीय सङ्गठन र पेशागत सङ्गठनहरूको उल्लेखनीय सहभागिता रह्यो । उक्त कार्यक्रम मार्फत राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा गहन छलफल भएको जनाइएको छ ।

एमाले जिल्ला नेतृत्वले हाल विकसित राजनीतिक परिस्थितिका बीच संगठनलाई अझ बलियो बनाउन र जनस्तरमा पार्टीको दृष्टिकोण स्पष्ट पार्न यो पालिका सभालाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताएको छ ।

जुम्ला जिल्ला कमिटीका उपाध्यक्षका अनुसार, पालिका सभाहरूले गाउँ–गाउँमा पार्टीको संरचना पुनः सक्रिय बनाएको छ । यी कार्यक्रमहरूले कार्यकर्ता र नागरिकबीच पार्टीप्रतिको विश्वास बढाउने उद्देश्य राखेका छन ।

यसै क्रममा एमालेले आगामी २९ मंसिरमा जुम्ला सदरमुकाममा ठूलो जिल्ला जनसभा आयोजना गर्ने तयारी गरेको छ । पार्टीका अनुसार, उक्त जनसभाबाट संगठनात्मक शक्ति प्रदर्शन गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।

एमालेका नेताहरूले यो जनसभालाई आगामी निर्वाचन तयारीका लागि सुरुवाती अभियानका रूपमा उपयोग गरिने बताएका छन । जुम्लामा स्थानीय नागरिकबीच अहिले राजनीतिक स्थायित्व, विकास र रोजगारी प्रमुख विषय बनेका छन ।

मतदाताहरू पार्टी भन्दा पनि कार्य र परिणाममा बढी अपेक्षा राख्न थालेका छन । एमालेले जनसभामार्फत विकास र स्थिर सरकारको सन्देश प्रवाह गर्न खोजेको बताइन्छ ।

जुम्लामा एमालेको पालिका सभा केवल पार्टीगत कार्यक्रम होइन, आगामी निर्वाचनको संकेत हो। जनस्तरमा पुनः पहुँच बनाउने एमालेको प्रयास अब मतमा परिणत हुन्छ कि हुँदैन, त्यो हेर्न बाँकी छ।

जुम्लामा सम्पन्न पालिका सभाले नेकपा एमालेको संगठनात्मक सक्रियता झल्काएको छ । पार्टीले यो अभियानलाई आगामी निर्वाचन पूर्व जनसम्पर्क र राजनीतिक सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्ने तयारी गरेको छ ।

राजनीतिक रूपमा संवेदनशील कर्णाली प्रदेशमा, जुम्लाको एमाले गतिविधि अहिले केन्द्र र प्रदेश दुवैतिरको ध्यानमा परेको छ ।

जुम्लामा एमालेको पालिका सभा एकैसाथ सम्पन्न, संगठन सुदृढीकरणमा जोड

बाँकेमा चार महिनामा ७० सर्पको उद्धार

जुम्लामा एमालेको पालिका सभा एकैसाथ सम्पन्न, संगठन सुदृढीकरणमा जोड

सम्पादकीय : नियमनसँगै सहकारीको प्रवद्र्धन खोई ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds