भ्रष्टाचार बिरुद्ध  पाँचौँ नेपालगन्ज वाकाथन  सुशासनका लागि नागरिक ऐक्यबद्धता

बाँके, २४ मंसिर ।
भ्रष्टाचार विरुद्ध २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जमा आयोजित पाँचौँ ‘नेपालगन्ज वाकाथन’ भव्यतापूर्वक सम्पन्न भएको छ। चार वर्षदेखि निरन्तर हुँदै आएको वाकाथन यस वर्ष बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा सम्पन्न भएको हो ।
नेपालगन्जको गणेशमान चौकबाट बिहान ७ बजे सुरु भएको वाकाथन बिपी चौक, त्रिभुवन चौक, सदरलाइन र जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा समापन गरिएको थियो । “भ्रष्टाचारविरुद्ध सँगै हिँडौँ” भन्ने नारासहित आयोजित वाकाथनमा सहभागीहरूले गीत, नारा र सन्देशमार्फत सडकबाटै भ्रष्टाचारविरुद्ध नागरिक एकता प्रदर्शन गरेका थिए ।
समापन समारोहमा नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्ती सोनारी गाउँपालिकाकी उपप्रमुख मनिशा सिंह थारु, डा. किशोर खत्री, नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ तथा जेनजी समूहका युवा जीवन माझीलगायतले सम्बोधन गरेका थिए ।
पूर्व सचिव बास्कोटाले सुशासन र सदाचार कायम गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै समग्र समाजले सुशासनलाई अग्रता दिनुपर्नेमा जोड दिनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले वाकाथनलाई सुशासन प्रवद्र्धनको सकारात्मक अभियानका रूपमा वर्णन गर्दै यसमा प्रशासन निरन्तर सहकार्य गर्ने बताए । उपप्रमुख थारुले भ्रष्टाचार अन्त्यका लागि सबै तह–तप्काबाट सहयोग आवश्यक रहेको भन्दै नागरिक समाजको खवरदारी महत्त्वपूर्ण हुने उल्लेख गरे ।
डा. किशोर खत्रीले भ्रष्टाचारलाई ‘महारोग’ का रूपमा परिभाषित गर्दै यसको अन्त्यका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए । जेनजी युवा जीवन माझीले भ्रष्टाचारले देशलाई चरम कमजोर बनाइरहेकाले युवासहित सबै नागरिक एकजुट भएर लाग्नुपर्ने धारणा राखे । उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण भएमा मात्र समृद्ध राष्ट्रको सपना पूरा हुने उल्लेख गर्दै वाकाथन जस्ता अभियानले सुशासनमा टेवा पुग्ने बताए ।
कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेका थिए भने सहजिकरण कार्यक्रम अधिकृत रविन्द्र बोहराले गरेका थिए । कार्यक्रममा खुला हाजिरी–जवाफ प्रतियोगिता पनि गरिएको थियो, जसमा उत्कृष्ट २० जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विभिन्न संघ–संस्था, शैक्षिक संस्थान र समुदायका प्रतिनिधिहरूले वाकाथनमा सक्रिय सहभागिता जनाएका थिए ।
पश्चिम नेपालमा नियमित रूपमा सञ्चालन हुँदै आएको यो वाकाथनको उद्देश्य जनसाधारणलाई भ्रष्टाचारविरुद्ध जागरूक बनाएका हुन । २०२१ मा बीपी चौकबाट सुरु भएको पहिलो वाकाथन सेतु बि.के. चौक हुँदै बौद्ध गुम्बामा समापन भएको थियो, जसमा लोकप्रिय गायक प्रकाश सपुतलगायतले सहभागिता जनाएका थिए ।
२०२२ मा गणेशमान चौकबाट सुरु भई सदरलाइन हुँदै बीपी चौकमा, २०२३ मा गणेशमान चौकबाट धम्बोझीसम्म र २०२४ मा गणेशमान चौकबाट त्रिभुवन चौक हुँदै रामलिला मैदानमा वाकाथन सम्पन्न भएका थिए । यस वर्ष पनि उत्साहजनक सहभागितासहित सम्पन्न पाँचौँ वाकाथनले नेपालगन्जमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध जनसचेतना अभिवृद्धिमा थप ऊर्जा भरेको आयोजकले जनाएको छ ।
भ्रष्टाचार बिरुद्ध  पाँचौँ नेपालगन्ज वाकाथन  सुशासनका लागि नागरिक ऐक्यबद्धता

प्रदेश सरकारसँग किन  रुष्ट छ कर्णालीको निजी

भ्रष्टाचार बिरुद्ध  पाँचौँ नेपालगन्ज वाकाथन  सुशासनका लागि नागरिक ऐक्यबद्धता

सुदूरपश्चिम महोत्सव सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *