‘लम्पी स्किन’ नियन्त्रणमा, खोप र सचेतनाले दिलायो राहत

बाँके ,२२ कार्तिक

बाँके जिल्लाका सातवटै स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । खोपको उपलब्धता, मौसममा आएको परिवर्तन र निरन्तर जनचेतनामूलक प्रयासका कारण अहिले अवस्था सामान्य बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले जानकारी दिए ।

पुनका अनुसार प्रारम्भिक चरणमा करिब १५० भन्दा बढी पशु चौपायामा संक्रमण देखिए पनि अहिले अधिकांश पशु स्वस्थ भइसकेका छन् । केही स्थानमा दुईवटा पशुको मृत्यु भए पनि हाल नयाँ संक्रमण नदेखिएको बताइएको छ ।

यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको थियो । जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काले संक्रमण देखिएलगत्तै खोप वितरण सुरु गरिएको र पशुको आहारामा विशेष ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको बताए । “कसै–कसैले आफ्नै खर्चमा औषधी किने, गाउँपालिकाले पनि सहयोग गर्‍यो। अहिले १६२ संक्रमितमध्ये सातवटा मात्र उपचारमा छन्,” उनले बताए ।

त्यसैगरी राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको संक्रमण वडा नं. ८ सम्म पुगे पनि अहिले नियन्त्रणमा आएको छ । “सुरुमा भ्याक्सिनको अभावले समस्या भयो, तर अहिले अधिकांश पशुमा रोग नियन्त्रणमा आएको छ,” उनले बताए ।

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा संक्रमण देखिए पनि भयावह स्थिति सिर्जना भएको छैन । यसबीच जानकी गाउँपालिका–४ का स्थानीय कृषक रामबहादुर बुढा भन्छन, “सुरुमा धेरै डर लाग्यो, गाई–भैंसीमा छाला सुन्निने र दाग आउने समस्या बढेको थियो । अहिले खोप र उपचारपछि सबै ठीक हुँदै छन् । अब हामी पशुको सरसफाइ र पोषणमा अझ ध्यान दिइरहेका छौ ं।” अधिकारीहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक अभियानले संक्रमण घट्दै गएको र रोगलाई स्थायी रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

‘लम्पी स्किन’ नियन्त्रणमा, खोप र सचेतनाले दिलायो राहत

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो,

‘लम्पी स्किन’ नियन्त्रणमा, खोप र सचेतनाले दिलायो राहत

सम्पादकीय : बालविवाह न्यूनिकरणको नीति परिमार्जन गर

Leave a comment

Your email address will not be published. Required fields are marked *