ससुराली हिँडेका वडाध्यक्ष तीन दिनदेखि सम्पर्कविहिन

सुर्खेत, २१ भदौं । 

कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि सम्पर्कविहिन भएका छन् । बुधबार साँझ रास्कोट–५, लामासिनस्थित ससुराली जान भनि हिँडेका बराल एकाएक सम्पर्कविहिन बनेका हुन् । वडा कार्यालयबाट दिउँसो नगरपालिका पुगेर साँझ ससुराली जान्छु भनेर हिँडेका बरार सम्पर्कविहिन भएको रास्कोटका नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले जानकारी दिए ।

उनले रास्कोट नगरका सबै वडा र जान सक्ने सम्भावित स्थानमा नगर प्रहरी तथा स्थानीयले खोजी गरे पनि नभेटिएको जानकारी दिए । नगर प्रमुख शाहीका अनुसार उनले मानसिक समस्या सम्बन्धिको औषधी सेवन गर्दै आएका थिए । रास्कोट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक समस्याको औषधी सेवन गरिरहेको उल्लेख छ ।

वडाध्यक्ष बराल हराएको प्रहरी चौकी रास्कोटमार्फत आएपछि प्रहरीले रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख टेकबहादुर रावतले बताए । बराल २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका जनप्रतिनिधि हुन् ।

ससुराली हिँडेका वडाध्यक्ष तीन दिनदेखि सम्पर्कविहिन

जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *