नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते जनसभा गर्ने


सुर्खेत । नेकपा(एमाले)ले गणतन्त्रको पक्षमा चैत २६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जनसभा गर्ने भएको छ । देशमा लोकतन्त्र र गणतन्त्रमा धावा बोल्न थालिएको भन्दै एमालेले जनसभा गर्ने भएको हो ।

एमालेको जिल्ला कार्य समिति सुर्खेतले सभाको आयोजना गर्ने भएको छ ।

पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको नेकपा(एमाले) सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । ‘एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने,‘सभालाई व्यवस्थित बनाउनका लागि बिभिन्न समिति पनि गठन गरिएका छन् ।’

सुर्खेतमा हुने सभाले गणतन्त्रका पक्षमा सकारात्माक सन्देश दिने लक्ष्य राखेको तिमिल्सेनाले बताए ।

नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते जनसभा गर्ने

घरमा आगलागीबाट ९४ लाख बराबरको क्षति

नेकपा एमालेले गणतन्त्रको पक्षमा चैत २६ गते जनसभा गर्ने

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *