वडास्तरमा संघीय व्यवस्था शहरी सुशासनका विषयमा गोष्ठि

दुर्गा विसि
सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकामा वडा स्तरीय संघीय व्यवस्था प्रणाली तथा शहरी शुशान अभ्यासका विषयमा एक दिने गोष्ठि सम्पन्न भएको छ । उक्त व्यवस्थाले वडा र गाउँ तहमा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा गहन छलफल चलाएको थियो ।
गोष्ठीमा वडास्तरीय जनप्रतिनीधि, टोल विकास समिति, सहकारी, युवा क्लव, राजनीतिक दलका प्रतिनीधि, वडा कार्यालयका कर्मचारी, वन उपभोक्ता, विद्यालयका प्रधानाध्यापकहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुल उद्देश्य संघीयताको परिचय तथा अभ्यासमाथि छलफल, सामाजिक जवाफदेहीता, वडास्तरीय वार्षिक बजेट, योजना तर्जुमा र स्थानीय सरकार सञ्चालन ऎन २०७४ माथि छलफल चलाएको थियो ।
सिम्ता गाउँपालिकाको सहकार्यको सुशासान प्रर्वद्धनका लागि युवा संस्था सुर्खेतको आयोजनामा भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना अधिकृत अर्जुनकुमार रानाले गरेका थिए भने हेलभ्टास नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन वाइजिजीपि परियोजना प्रमुख खगेन्द्र सिजापतीले गरेका थिए ।






