नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी गठन

बाँके ,१९ भदौ ।
नेपालगन्जमा मंगलबार सम्पन्न नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले बाँकेका नरेन्द्र थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष (महिला) मोतिकला गुरुङ, उपाध्यक्ष सन्तोष ओली, सचिव मनमोहन लम्साल, सहसचिव खुसीराम चौधरी, पूजा शर्मा, दिनेश सहानी र खिमबहादुर सोमै थापा तथा कोषाध्यक्ष मनोज भण्डारी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणिराम बटाला, लक्ष्मण घर्ती, चक्र मिलन क्षेत्री, सीमा तामाङ, विष्णुमाया कुमाल, सरस्वती जिसी, मंगलप्रसाद बर्मा, नामराज रानामगर, अञ्जना बुढामगर, खुमबहादुर घर्तीमगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनि शाक्य, नारायण जिसी र अनिल घर्तीमगर चयन भएका छन् । समितिमा थप ९ जना पछि मनोनित गरिने जनाइएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाह, कांग्रेस केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, केन्द्रीय सदस्य गणेश लामा, संघका केन्द्रीय सदस्य देवेन्द्र शेरचन, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र लुम्बिनीका पूर्वमन्त्री ओलम्पियन सुरेन्द्र हमालले सम्बोधन गरेका थिए । कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापालाई सम्मान गरिएको थियो।
नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी गठन

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी गठन

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds