महावैमा बिशेषज्ञ स्वास्थ शिबिर सम्पन्न


हस्त चौलागाँइ
कालिकोट । जिल्लाको महावै गाउँपालिकामा बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भएको छ । दुई दिने विशेषज्ञ स्वास्थ शिबिरमा छ सय ६९ जनाले सेवा लिएका छ्न ।

स्वास्थ सेवा कार्यालय कालिकोट, स्वास्थ शाखा महाबै गाउपालिका ,महाबै आधारभुत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनले सयुक्त रुपमा शिबिर सम्पन्न गरेका छन् ।

गाउँमै शिबिर संचालन हुँदा बृद्वबृद्वा, बालबालिका तथा बयस्कहरुलाई सहज रुपमा औषधि उपचार गरिएको छ । चैत्र २१ र २२ गते शुरु भएको बिशेषज्ञ स्वास्थ सेवा शिबिरबाट हाडजोर्नी तथा नसा रोग सेवा, स्त्री तथा गर्भवती, बालरोग सेवा, सामान्य सल्यक्रिया, परिवार नियोजन सेवा, निदात्मक सेवा लगायत अन्यरोगका बिरामीहरुको उपचार गरिएको महावै गाउपालिका अध्यक्ष खेम बहादुर सिंहले बताए । उनले गाउँपालिकामै शिबिरको आयोजना गर्दा नागरिकलाई सहज भएको तथा बिरामीहरुलाई सदमुकाम धाउनु पर्ने अबस्था नभएको बताए ।

शिबिर सम्पन्न पार्न लागि पर्ने सहयोगी निकायलाई धन्यवाद दिदै २०८१ चैत्र २६ र २७ गते आँखा उपचार शिबिर संचालन गर्न लागि रहेको अध्यक्ष सिंहले बताएका छन् ।

महावैमा बिशेषज्ञ स्वास्थ शिबिर सम्पन्न

कक्षा ७ की छात्राले औँल्याइन संविधान संशोधनको

महावैमा बिशेषज्ञ स्वास्थ शिबिर सम्पन्न

बैतडीमा जीप दुर्घटनाः एकको मृत्यु, तीनजना घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *