जीवनज्योती स्कुल कक्षा ११ र १२ का विद्यार्थीबाट नीलसागर सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग “शिक्षा संगै सेवा भाव पनि आवश्यक”: प्रीन्सिपल जेम्स

बाँके,१८ कार्तिक ।
बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवनज्योती स्कुलका कक्षा ११ र १२ का व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगञ्जस्थित नीलसागर सेवा आश्रममा पुगेर वृद्ध आमाबुबालाई भोजन सेवाका साथै आर्थिक सहयोगसमेत प्रदान गरेका छन्।

विद्यार्थीहरूले आफ्नै खाजा खर्च बचत गरी जम्मा रु. १८,८९० आश्रमलाई हस्तान्तरण गरेका विद्यालयका शिक्षक प्रकाश कुवरले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरू “अरूको दुःखमा मलम लगाउने अवसर पाउँदा आफैंलाई सन्तोष र खुसी महसुस भएको” बताउँदै अत्यन्त उत्साहित देखिएका थिए।

विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यार्थीहरूले पूर्ण रूपमा स्वेच्छिक भावनाले प्रेरित भएर सहयोग गरेको बताउँदै यस्ता गतिविधिले उनीहरूमा सेवाभाव, सहानुभूति र सामाजिक जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो,

“विद्यालयको उद्देश्य केवल शैक्षिक ज्ञान दिनु मात्र होइन, विद्यार्थीहरूलाई मानवीय मूल्य, करुणा र समाजप्रतिको कर्तव्यबोध गराउनु पनि हो।”

त्यस्तै, नीलसागर सेवा आश्रमकी सरक्षक डा. सरिता नीलसागरले जीवनज्योती स्कुलका विद्यार्थी र शिक्षकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भनिन्,

“खुला आकाशलाई छाना र धरतीलाई बिछ्यौना बनाएर बस्न बाध्य असहाय मानव र बालबालिकाहरूको संरक्षणमा समर्पित हाम्रो संस्थामा जीवनज्योती परिवारले देखाएको सहयोग र माया अतुलनीय छ।
यस्तो सहयोगले वृद्ध आमाबुबाको मुहारमा मुस्कान ल्याउनुका साथै समाजमा सहानुभूतिको सन्देश फैलाउने कार्य गरेको छ।”

डा. नीलसागरले विद्यार्थीहरूको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको शुभकामना दिंदै भविष्यमा पनि यस्ता सहयोगी कार्यक्रम निरन्तर रहोस् भन्ने विश्वास व्यक्त गर्नुभयो।

नीलसागर सेवा आश्रमले विगत लामो समयदेखि असहाय, वृद्धवृद्धा, मानसिक रूपमा अस्वस्थ, सडकमा बसोबास गर्ने व्यक्ति तथा बालबालिकाहरूलाई आश्रय, उपचार र माया–सेवा प्रदान गर्दै आएको छ।

विद्यालयका शिक्षक प्रकाश कुवरका अनुसार जीवनज्योतीका विद्यार्थीहरूको यस पटकको सक्रिय सहभागिताले उनीहरूमा समाजसेवाको भावना र मानवताको मूल्य अझ सुदृढ बनाएको छ।

 

जीवनज्योती स्कुल कक्षा ११ र १२ का विद्यार्थीबाट नीलसागर सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग “शिक्षा संगै सेवा भाव पनि आवश्यक”: प्रीन्सिपल जेम्स

सम्पादकीय : शान्ति सुरक्षाको ग्यारेण्टी गर ! 

जीवनज्योती स्कुल कक्षा ११ र १२ का विद्यार्थीबाट नीलसागर सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग “शिक्षा संगै सेवा भाव पनि आवश्यक”: प्रीन्सिपल जेम्स

घुयँत्राे:“कम्युनिष्टको घर–पल्लो कोठा, वल्लो चुलो : हरेक

Leave a comment

Your email address will not be published. Required fields are marked *