एशियाली विकास बैंक ( एडीबी ) को करिब दुई अर्ब अनुदानमा जुम्लामा साैर्य उर्जा निर्माण हुँदै

काली बहादुर परियार

जुम्ला ,१७ कार्तिक ।

करिब दुई अर्ब रुपैयाँको लगानीमा कर्णाली सौर्य उर्जा आयोजना अन्तर्गत जुम्लामा सौर्य उर्जा निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । एशियाली विकास बैंक ( एडीबी ) को करिब दुई अर्ब अनुदान सहयोगमा सुरु भएको आयोजनाको काम अहिले जुम्लाको कर्णाली प्राविधिक शिक्षालय परिसरमा भइरहेको हो ।

परियोजना म्यानेजर अविशेक अधिकारीका अनुसार जुम्लामा हाल ३.८ मेघावाट क्षमताको ब्याट्री र ९५० किलोवाटको सोलार जडानको काम चलिरहेको बताए ।

२०७८ सालमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि सुर्खेत–दैलेख–कालिकोट हुँदै आउने लामो दूरीका कारण जुम्लामा बत्ती भरपर्दो छैन । बत्तीको अनियमितताले उद्योग, व्यवसाय, होटल तथा कृषि प्रशोधन क्षेत्र सबै प्रभावित भएको बेला याे साैर्य उर्जाले बिजुली खपत गर्न मदत पुग्ने बताए ।

अधिकारीका अनुसार, जुम्लामा काम तीव्र गतिमा अघि बढेको छ । सौर्य उर्जा आयोजना पूर्ण सञ्चालनमा आए पछि जुम्लावासीले स्थायी र भरपर्दो बत्ती पाउने उनकाे भनाइ छ ।

यस्तै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख राम आशिष शाहले आयोजना प्राधिकरणकै प्रत्यक्ष निगरानीमा भइरहेको बताए । उनका अनुसार, निर्माण कम्पनीले सबै प्राविधिक जनशक्ति आफ्नै ल्याएर काम गरिरहेको बताए ।

आयोजना सकिएपछि जुम्लाको विद्युतीकरणमा ठूलो परिवर्तन आउनेछ, उनले भने । हाल जुम्लामा चुकेनी जलविद्युतले निरन्तर सेवा दिइरहे पनि क्षमता सीमित भएकाले माग अनुसार आपूर्ति हुन सकेको छैन । सौर्य उर्जा आयोजना सम्पन्न भएपछि जुम्लाको उज्यालो समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।

जुम्लामा आउने विद्युतले माेवाईल चार्ज, ठुलाे मेसिन संचालन गर्न, उद्योग चलाउन सक्ने क्षमता रहेकाे छैन् । अबका निर्माण हुदै गएकाे साैर्य उर्जा निर्माण भए पछि जुम्लाबासिकाे लागि उज्यालाे दिन उदाउने छ ।

एशियाली विकास बैंक ( एडीबी ) को करिब दुई अर्ब अनुदानमा जुम्लामा साैर्य उर्जा निर्माण हुँदै

गुठिचौरको सार्वजनिक सुनुवाइ सम्पन्न, शुसासन र पूर्वाधार

एशियाली विकास बैंक ( एडीबी ) को करिब दुई अर्ब अनुदानमा जुम्लामा साैर्य उर्जा निर्माण हुँदै

राप्ती नदी सिधनिया घाटमा तीन दिने पूर्णमासी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds