ध्वस्त भएमो बाँकेकोन एमाले कार्यालय पुनर्निर्माण अभियानमा क्षेत्र नं. १ का कार्यकर्ताबाट १० लाख सहयोग

१७, कार्तिक १०८२
बाँके ।नेकपा (एमाले) बाँके क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताले आफ्नो पार्टीको ध्वस्त भएको कार्यालय पुनर्निर्माणका लागि उल्लेखनीय सहयोग गरेका छन्।
‘मेरो पार्टी कार्यालय म बनाउँछु’ भन्ने अभियान अन्तर्गत क्षेत्रका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत आम्दानी, वृद्धभत्ता र घरपालुवा जनावर बिक्री गरी जम्मा गरेको रु. १० लाख (दस लाख) रकम पार्टीलाई हस्तान्तरण गरिएको संयोजक कुस्माखर बश्यालले जानकारी दिनुभयो।

बश्यालका अनुसार बाँकी केही रकम केही दिनमै संकलन भई सार्वजनिक गरिनेछ। उहाँले सहयोग गर्ने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै पुनर्निर्माण अभियानले संगठनभित्रको एकता र समर्पणलाई अझ सुदृढ बनाएको बताउनुभयो।

 

 

ध्वस्त भएमो बाँकेकोन एमाले कार्यालय पुनर्निर्माण अभियानमा क्षेत्र नं. १ का कार्यकर्ताबाट १० लाख सहयोग

सम्पादकीय : काम नगर्ने ठेकेदारलाई बिदा गर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds