नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको तीन नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडांैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारीको शव फेला परेको जानकारी दिए । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

YUGAAWHAN NATIONAL DAILY (2081-04-17)